इटहरी/ इटहरी चौकका ब्यापारी र इटहरी उपमहानगरपालिकाले कोसी राजमार्ग अन्र्तगत जोगबनी-किमाथांका त्रिदेशीय व्यापारिक मार्ग बिस्तारमा असहयोग गरेको भन्दै ब्यापारी र उपमहानगरपालिकाको सर्वेत्र विरोध हुन थालेको छ । उपमहानगरपालिका क्षेत्रभित्र व्यापारिक मार्गमा केन्द्रबाट दाँया/बाँया १५ मिटिर मात्र कायम गर्नुपर्ने निर्णय गरेपछि ब्यापारिक मार्गको बिस्तारको काम अन्योल हुन पुगेको हो ।  सडक निमार्ण आयोजनाका इन्जिनियर सुवोध पोखरेलले उपमहानगरपालिकाले पत्र नै काटेर सडक सानो बनाउँन भनेको बताए । यसरी उपमहानगरपालिकाले दिएको भरमा हामी काम रोक्दैनौँ क्याविनेट बसेर निर्णय भयो भने काम रोकिन्छ इन्जिनियर पोखरेलले भने । बैशाख १० गते उपमहानगरपालिकाले नगर क्षेत्रमा निजी घर भत्किने भन्दै उपमहानगरपालिकाले सडकको केन्द्रदेखि दाँया/बाँया १५ मिटिर मात्र कायम गर्नु भनेर पत्र आएको आयोजनाका इन्जिनियर पोखरेलले भने ।

राजमार्ग निर्माण ब्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी-धरान सडकलाई सेन्टर लाइनबाट दाँया बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ । त्यसैगरी ०३४ साल असार २० गते राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दाया/वाया २५/२५ मिटिर कायम गरिएको थियो । २०३४ सालमै सडकले सडक आसपासको १५ मिटर जग्गाको मुअब्जा जग्गा धनीलाई दिइसकेको बताए । अझै इटहरीको तरहरादेखि धरानसम्मको १४ किमि र सुनसरीस्थित दुहबी बजारको निर्माणका लागि ठेक्का लाग्न सकेको छैन । यता उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले विराटनगर ,दुहवी र इटहरीमा फरक फरक तरीकाले बाटो बनीरहेको भन्दै गुनासो गरे । उनले भने विराटनगर ,दुहबीमा किन साडे ८२ हानिएन र इटहरीमा हान्न खोजियो ? उनले प्रश्न गरे । इटहरीमा सडकले साडे ८२ हान्ने भए पछि ब्यावसायीहरु आतंकित भएको उनको भनाई छ । घरहरु भत्कदा ब्यापार ब्यावसाय चौपट्ट हुने भएपछि सर्घष समिति समेत गठन भएको छ । जसको संयोजकमा केशव सिटौला छन ।

इटहरीका मेयर द्धारिकलाल चौधरीले भने आफुले भत्काउँन नदिने निर्णय नगरेको दावी गदै भने ब्यापारीको समुहले बजारमा साडे ८२ भत्काउँदा धेरै ब्यापारीहरु धरासायी हुन्छन भनेका थिए । मैले काम रोक्नु भनेको छैन मेयर चौधरीले फोन सम्पर्कमा भने । माथिल्लो निर्णय अनुसार नै इटहरीको मुख्य चौक तथा हाईवेयमा सडक विस्तार हुने उनको भनाई छ ।

उपमहानगरको सर्वत्र विरोध ६ लेन सडक निमार्णमा उपमहानगरपालिकाले खेलाची गरेको भन्दै निर्णय सच्याई जनतासँग माफि माग्नु पर्ने इटहरी निवासी माओवादी नेता मदन चुडालले बताए । विकास विरोधी गतिविधि उपमहानगरपालिकाले गरेको भन्दै जनप्रतिनिधिहरु बाधक नबनुन् । मुअब्जा लिएकाहरुले सडक भत्काउँन पाईँदैन भन्दैमा विकास रोक्न खोज्नु मुर्खता भएको भन्दै संरचनाहरु भत्काई सडक बनाउँनु पर्ने उनको माग छ । आफ्नो मान्छेको घर जान्छकी भनि मुख हेर्ने हो भने राजिनामा दिएर घर बसे हुन्छ माओवादी नेता चुडालले भने ।  काग्रेस इटहरीका युवा नेता कोवित कार्कीले ६ लेनको सडक निमार्णमा सहयोग गर्नुको साटो उपमहानगरपालिकाले घरवालाको पक्षमा बाेल्नु लज्जा भएको धारणा व्यक्त गरे । उपमहानगरले विकासको काममा घरवालाहरुलाई सहकार्य गर्नुको साटो यसरी उनीहरुको पक्षमा बाेल्नु शंकाको विषय बनेको आरोप लगाए । इटहरी आसपासको क्षेत्र साधुरिदै गएको कारण आवत-जावतमा समेत समस्या परीरहेको बेला उपमहानगरपालिकाले ६ लेन बनाउँन नदिने कुरा गर्नु आफैमा बेइज्जत भएको उनको भनाई थियो ।

होटल ब्यावसायी तथा सामाजिक अगुवा नेत्र गिरीले ६ लेनको सडक निमार्णको बाधक उपमहानगरपालिका भए जनताको विश्वास गुम्ने बताए । उनले भने बाटो जहिले भए पनि बनाउँनै पर्छ ,साधुरोबाटोले इटहरी कुरुप हुदैछ त्यस कारण ६ लेन सकड निमार्ण तत्काल सुरु गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।  त्यस्तै इटहरीका एमाले नेता रामप्रसाद चौलागाईले सामाजिक सञ्जाल फेसबुकमै लेखेर इटहरीमा ६ लेन सडकको बाधक कोहि हुन नहुने बताएका छन् । स्वर्गीय नेता गिरीजाप्रसाद कोईरालाले विराटनगरमा १५/१५ मिटर र काग्रेस नेता विजय गच्छदारले दुहवीमा ८.२५/८ं.२५ मिटर बनाएको भन्दै यसलाई सच्याउँन समेत उनले माग गरे । इटहरीको मुख्य चौक तथा आसपासका भागमा पनि ६ लेनकै बाटो निमार्ण गर्नु पर्ने उनको भनाई छ ।