इटहरी/महोत्सवमा पुराना पुस्ताले प्रयोग गरेको घरेलु सामाग्री नयाँ पुस्तालाई जानकारी गराउँन राखिने भएको छ । शहरमा काखैमा ल्यापटप वा स्माटफोन प्रयोग गरेर सामाजिक सञ्जाल चलाउँने युवापिडिले हाम्रो पुरानो पुस्ताले प्रयोग गरेको सामाग्री प्रदर्शनीमा ल्याउँन लागेको हो । प्रदर्शनीमा ढिकि जातो लगायतका सामाग्रीमा विद्यार्थीहरुलाई धान कुटानी अन्न पिसानी समेत गर्ने दिईने आयोजक संस्थाले जनाएको छ । स्कुलका विद्यार्थीहरुलाई मध्यनजर गदै हाम्रा बाजे बजुहरुले गरेको दुःख हामी स्थलगत रुपमा विद्यार्थीहरुलाई देखाउँने छाैँ, आयोजक संस्थाका अध्यक्ष दाहालले भने । कार्यक्रममा विभिन्न पुरानो खेल हाडी फुटाई तथा चक्लेट प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ ।