मोरङ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न उपयुक्त हुने प्रदेशवासीलाई सुझाव दिएका छन् ।
मंगलवार गृह जिल्ला झापा आइपुगेका ओलीले वुधवार आफ्नो गृहनगर दमकमा विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा दमक खानेपानी आयोजनाको उद्घाटन्मा बोल्दै त्यस्तो सुझाव दिएका हुन् । उनले भने ‘नेपालको मात्र नभएर विश्वकै अग्लो सगरमाथाको नामबाट अनि देशकै ठूलो सप्तकोशी नदीको नामबाट प्रदेशको नाम राख्न किन हामी गाह«ो मान्छौं ?’ सगरमाथा र सप्तकोशीको नाममध्ये एकबाट सवैको साझा पहिचानमा साझा धारणा वन्नु आवश्यक भएको उनको सुझाव थियो ।
उनले प्रदेशको नाम राख्न र स्थायी राजधानी तोक्न ढिलाई भइरहेको समेत बताउँदै प्रदेश सरकारले यसको टुंगो लगाउन ध्यान दिनुपर्ने जनाए । उनले ६ नम्वर प्रदेशले आफ्नो प्रदेशको नामाकरण र राजधानी तोकेर अघि बढिसकेकाले सो कर्णाली प्रदेशबाट १ नम्वर प्रदेशले पाठ सिक्नु पर्ने थप सुझाव दिए । कार्यक्रममा उपस्थित १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको ध्यानाकर्षण गराउँदै उनले प्रदेशको नाम र स्थायी राजधानीको विषय चाँडो टुङ्ग्याउन आग्रह गरे ।
खानेपानीको प्रसंगमा फर्किदै ओलीले स्वच्छ खानेपानीमा सवै नेपालीको पहुँच पुर्याँउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय, प्रदेशसंगै संघीय सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता आंैल्याए ।
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा निर्मित दोश्रो साना शहरी खानेपानी आयोजनाको उद्घाटनपछि उनले दमकलाई विकासमा हरेक गतिविधिमा राजधानीभन्दा कम हुन नदिनेमा जोड दिदै विकाससंगै समृद्धिमा अब सवै मिलेर अघि बढ्नुको विकल्प नभएको वताएका थिए । समितिले प्रकाशित गरेको स्मारिकाको पनि उनले लोकापर्ण गर्नुका साथै जग्गादाताहरु शिव शर्मा चम्लागाई, टीकाराम कोइराला, योगराज दंगाल, कृष्ण दंगाल, सुकदेव वराल, कृष्ण भट्टराई, भवानी खत्री, लक्ष्मी बराल, कृष्णकुमार सुवेदी लगायतलाई सम्मानित गरेका छन् । ३० करोड २६ लाख ४३ हजार ४ सय ८५ रुपैयाको लागतको दोश्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सुधार विस्तार योजना २०६८ साल जेठ ८ बाट शुरु भई २०७४ असारमा सम्पन्न भएको समिति अध्यक्ष पशुपतिराज गौतमले प्रतिवेदनमा उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले त्यसअघि नगरपालिका कार्यालयले आफ्नो प्रवेशद्धारामा राखेको नगरको पहिलो जाति धिमालको पहिचान झल्किने प्रतिमाको अनावरण गरेका थिए । ६ लाखको लागतमा भूटानी शरणार्थी मूर्तिकार भक्त राईले धिमाल आमा, बुबा र वच्चा एकै ठाउँ रहेको पूर्णकदको प्रतिमा तयार गरेका हुन् । गत असोज ३० गते प्रथम नगरसभाबाट धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेकाले सो मर्मलाई उजागर गर्न प्रतिमा निर्माण गरेको नगर प्रमुख रोमनाथ ओलीले जनाएका थिए ।
यसैवीच धिमाल समुदायको प्रवद्र्धनका योजना ल्याउन माग गर्दै प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका संयोजक लोकबहादुर धिमाल र सचिव मोहन धिमालद्धारा हस्ताक्षरित स्मरणपत्र ओलीसमक्ष बुझाइएको छ । त्यसपछि ओली पुरानो वजारको नमूना मार्गको कार्यक्रममा सरिक भएका थिए ।
उनले अन्तिम कार्यक्रमका रुपमा दमक वहुमुखी क्याम्पसको खेलमैदानमा दमक नगरपालिकाले आयोजना गरेको प्रथम दमक गोल्डकपको उद्घाटन्मा खेलकुद क्षेत्रसँग जोड्दै स्वच्छ प्रतिष्पर्धाबाट श्रेष्ठता हाँसिल गर्न सकिने प्रसंग अघि सारेका छन् । साथै उनले खेलकुदलाई प्राथमिकतामा राखेर देशको चौतर्फी विकासमा आफु प्रतिवद्ध रहेको उल्लेख गरे । नगरपालिकाले १ लाख रुपैयाँ राशी तय गरी खडा गरेको ‘नगरप्रमुख सम्मान’ विशिष्ठ लोक गायक एलपी जोशीलाई ओलीले प्रदान गरेका छन् ।
सो कार्यक्रममा, युवा खेलकुद मन्त्री जगवहादुर विश्वकर्मा र १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले समेत खेलकुदको विकासमा जोड दिएका छन् ।