धरान । धरान स्थित सगरमाथा कलेजका लेक्चरर सन्तोष दाहालले छोरा सिमन दाहालको जन्मदिनको अवसरमा धरान छाता चोक स्थित पुरानो अस्पतालमा रहेको अपाङग पुर्नस्थापना गृहका २५ जना भिन्न क्ष्ँमता भएका ब्यत्तिहरूलाई खाना खुवाएका छन् ।

छोराको जन्म दिनको अवसरमा थोरै नै भएपनिसमाजिक कार्य गर्न पाएकोमा म अत्यन्तै खुशि छु दाहाल बताउछन् । बिगतका बर्षहरूमा छोराको जन्म दिनमा छर छिमेकी, आफन्त तथा साथिभाईहरूलाइ बोलाएर रमाइलो गर्ने गरिन्थ्यो तर यो बर्ष अलि पृथक तरिकाले जन्मदिन मनाइ रहदा आफुलाइ समेत आत्मा सन्तुष्टी मिलेको सिमनकी आमा मनिषा अधिकारी दाहालले बताइन् ।

धरानमा भिन्न क्ष्ँमता भएका ब्यक्तिहरूलाइ हेरचाह गर्ने अन्य पुर्नस्थापना गृहहरू भएतापनी छाता चोकको पुर्नस्थापनागृहमा बिभिन्न उमेर समुहका ब्यक्तिहरू भएकोले यस गृहलाइ सहयोग गरिएको दाहाल बताउछन् ।