विराटनगर । जिल्ला अदालतमा अभियोगपत्र पेश गरेर बाहिरिने क्रममा एसएसपी दिवेश लोहनीले समाचार सङ्कलन गर्न गएका पत्रकारहरूलाई दुव्र्यवहार गरी अपशब्द प्रयोग गरेको भन्दै पत्रकार महासङ्घले उनीमाथि कारवाहीको माग गरेको छ । पत्रकार महासङ्घको मोरङ शाखाले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । सुन तस्करी र हत्याको घटनामा संलग्नहरूविरुद्ध अभियोगपत्र दर्ता गरिने सूचना पाएका पत्रकारहरू बुधबार बिहानैदेखि जिल्ला अदालत परिसरमा भेला भएका थिए । प्रहरीले अभियुक्तहरूलाई विभिन्न बाटो प्रयोग गरेर अदालत पु¥याएको थियो । अभियुक्तहरू अधिकांशले मुख लुकाएका थिए । बाहिरिने क्रममा फोटो खिचिरहेका पत्रकारमाथि दुव्र्यवहार गरी अपशब्द बोल्दै लोहनीले ‘खिच कति चाहिन्छ फोटो ?’ भन्दै झम्टिएका थिए । उनले पत्रकार धु्रव भट्टराई र सुमन सुस्केरालाई दुव्र्यवहार गरेका थिए । पत्रकार अनन्त न्यौपाने र अनिल श्रेष्ठलाई फोटो खिच्ने क्रममा अपशब्द प्रयोग गरेका थिए । महासङ्घले सो घटनाको घोर भत्र्सना गर्दै स्वतन्त्रतापूर्वक समाचार सङ्कलन र सम्प्रेषणको वातावरण तयार गर्न र सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गर्ने अभियुक्त लोहनीमाथि थप कारवाही गर्न सरकारसँग माग गरेको छ ।