च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि लिभरपुल र रियल मड्रिड खेल्ने भएका छन् । बुधबार राति भएको सेमीफाइनलको दोस्रो लेगमा रोमासँग ४–२ ले पराजित भए पनि समग्रमा ७–६ को अग्रता बनाउँदै लिभरपुलले रियल मड्रिडसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको नवौँ मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लिए पनि १५ औँ मिनेटमा मिल्नरले आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । २५ औँ मिनेटमा जर्जिनियो भेनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

तर त्यसपछि, रोमाका इडेन जेकोले ५२ औं मिनेटमा तथा राजा नाइनगोलनले ८६ औं र दोश्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल ४–२ को अवस्थामा पुग्यो । तर त्यसपछि रोमालाई थप गोल फर्काउन समय प्रयाप्त भएन । जारी च्याम्पियन्स लिगमा लिभरपुलको पहिलो हार ब्यहोरे पनि यसले उसको उपाधि यात्रामा कुनै फरक परेन ।

लिभरपुल सन २००७ पछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।

उपाधिका लागि लिभरपुलले च्याम्पियन्स लिगको १२ पटकको विजेता रियल मड्रिडको सामना गर्नेछ । फाइनल खेल मे २६ तारिखमा हुनेछ ।