धरान/ लोकतन्त्रमा पनि प्रेस जगत असुरक्षित रहेको भन्दै सरोकारवालाहरुले पुर्ण प्रेस स्वतन्त्रताको ज्ञारेन्टि गर्न सरकारसँग माग गरेका छन् ।
[caption id="attachment_81631" align="aligncenter" width="960"] प्रेस स्वतन्त्रताकाे विषयमा बाेल्दै धरान उपमहानगरका उप-प्रमुख मन्जु भण्डारी सुवेदी[/caption]विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ सुनसरीले विहिवार धरानमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै बक्ताहरुले लोकतन्त्रमा पनि प्रेस स्वतन्त्रता हनन् हुनु दुर्भाग्य भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सुनसरीमा प्रेस स्वतन्त्रताका बिरुद्धमा हुने जस्तासुकै कार्यलाई नियन्त्रण गर्ने बताए । उनले सञ्चार क्षेत्रमा पनि केही बिकृती रहेको भन्दै अहिले समाचारको बिषयलाई लिएर भन्दा ब्यक्तिगत रिसइबीका कारण घटना हुने गरेको बताए । अभिव्यक्तिकाे स्वतन्त्रता सबैमा भएको तर बिना अनुसन्धान मनोमानि ढंगले अरुको चरित्र हत्या गर्ने अधिकार कसैमा नभएको उप्रेतीले बताए । राज्य पक्ष, राजनैतिक पार्टी, कुनै पनि संघ,संस्था वा संगठनले पत्रकारलाई स्वतन्त्र कलम चलाउन सक्ने वातावरण सृजना गरिनु पर्ने ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रवन्ध निर्देशक तथा पुर्व केन्द्रिय सदस्य किशोर कार्कीले राखे ।
त्यस्तै पत्रकारितामा अभिव्यक्ति स्वतन्त्रताको एकदमै ठुलो महत्व रहेको र यसै क्षेत्रले स्वतन्त्र ढंगले अभिव्यक्ति गर्न सक्ने भएकोले देशमा सुशासन, समृद्र ल्याउने ठुलो हात रहेको नेकपा माओवादी केन्द्रिय सदस्य चोत्लुङले बताए । कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चारकर्मी, राजनैतिक दलका नेता, प्रदाधिकारीहरुको उपस्थिती रहेको थियो । धरानको भानुचोकबाट महेन्द्र पथ हुदै धरान उपमहानगरसम्म प्रभात फेरि गरिएको थियो ।