विजयपुर/मोरङको केराबारी गाउपालिकाले कृषि,पर्यटन र स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेर ‘खदम केराबारी,संबृद्ध एवम् हरियाली’ अभियान सुरु गरेको छ । गाँउपालिकाले ‘गाँउ विकास योजना’ नै तयार गरेर विकास निर्माणमा लागि परेको छ । मोरङ जिल्लाको सबैभन्दा ठुलो गाउपालिका समेत रहेको केराबारीलाई कृषि,पर्यटन र स्वरोजगार सृजना तथा पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना बनाईएको गाउपालिका अध्यक्ष रोहितबहादुर कार्किले जानकारी दिए ।
केराबारी गाँउपालिकाको भौतिक,सामाजिक,आर्थिक स्तरनोन्नती गर्दै सार्वजनिक सेवामा नागरिकको सहज पहुच विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष कार्किले बताए । उनले विकास निर्माणको अभियानमा गाउबासी सँग सहकार्य गरेर अगाडी बढ्ने निती गाउपालिकाले लिएकोपनि बताए । दिर्घकालिन योजनाको विस्तार,आर्थिक संबृद्धिकालागि स्वरोजगारमुलक कार्यक्रम सञ्चालन,आधुनिक कृषि प्रणालीको विकास तथा बजारको व्यबस्थापन ,पर्यटकिय गन्तब्यको पहिचान र विकास,पिछडिएको क्षेत्र तथा निम्न बर्गका नागरिकहरुसाग दिगो विकासका योजनामा सहकार्य गर्ने जस्ता कार्यनिती गाउपालिकाले लिएको छ ।
सबैका लागि समान शिक्षा,स्वास्थ्यमा समान पहुच तथा बिद्युतीय सुशासन प्रणालीलाई आत्मासाथ गर्ने नितीपनि गाँउपालिकाले लिएको छ ।प्रत्येक वडामा सडक सञ्जाल विस्तार गर्ने,नागरिकमैत्री कर प्रणाली लागु गर्ने,शिक्षा र खेलकुदलाई उच्च महत्वका साथ अगाडी बढाउने,बाह्य लगानी भित्रयाउन पहल गर्ने,स्थानीय आयस्तरमा सुधार गर्न कृषिमा आधुनिकीकरण गर्ने,पर्यटनको विकास गर्ने तथा युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गर्ने,सार्वजनिक जमिनको संम्रक्षण तथा बनजङ्गलको संम्रक्षण गर्ने नितीलाई पनि प्राथमिकतामा राखिएको अध्यक्ष कार्किले बताए । ‘प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गर्ने र जोखिम न्युनिकरणका लागि आवश्यक कार्यगर्ने गाउपालिकाको कार्ययोजना रहेको छ’ अध्यक्ष कार्किले भने‘प्रयाप्त बजेटको अभाबमा हामीले सोचे अनुसारको कार्य गर्न सकेका छैनौ तर हाम्रो श्रोत र साधनले भ्याए सम्म आवश्यक कार्य गरिरहेका छौ ।
चुरे खदम क्षेत्रको विकासकालागि अल्पकालिन,मध्यकालिन र दिर्घकालिन गुरु योजना निर्माण गरि क्रमिकरुपमा कार्यान्वयन गर्दै जाने गाउपालिकाको सोच रहेको कार्किको भनाई छ । गाउपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बुका अनुसार गाउपालिकाले पुर्वाधार निर्माणतर्फ क्रमागत योजनालाई प्राथमिकता दिएको बताइन । उनले गाउपालिकाको सडक निर्माण गर्दा मापदण्डलाई कडाईकासाथ कार्यान्वयन गरिएको बताइन ।
स्थानीय स्तरमा सञ्चालन हुदै आएका उद्योगलाई प्रोत्साहन गर्ने तथा महिला तथा युवाले सञ्चालन गर्ने उद्योगलाई प्राथमिकताकासाथ हौसला प्रदान गर्ने निती गाउपालिकाको भएको उनले बताइन ।