शनिश्चरे, मोरङ । रुपन्देही ११ लाई ट्राइबेकरमा पराजित गर्दै आयोजक झापाको दमक ११ मोसफलकै सर्वाधिक राशीको प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताकाको दोश्रो चरणमा प्रवेश गरेको छ ।
विहीवारको निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णयका लागि सिदै ट्राईबेकरमा लगिएको थियो । ट्राइबेकरमा दमकले रुपन्देहीलाई ४–३ ले हराउदै आफ्नो जित सुनिश्चित गर्ने अवसर पाएको हो ।
दमकका विकेश लिम्बुले पहिलो हाफको २७ औ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिएका थिए । दोस्रो हाफ अन्तर्गत ८१ औ मिनेटमा रुपन्देहीका नितिन थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दुवै टिमले थुप्रै गोल गर्ने अवसरहरु पाएपनि सदुपयोग गर्न सकेनन् । शुक्रवारको खेल शसस्त्र प्रहरी र मदन भण्डारी स्पोर्टस् एकाडेमीबीच पहिलो क्वाटरफाइनलका लागि प्रतिष्पर्धा हुने प्रचार प्रसार संयोजक चन्द्र खत्रीले वताए ।
यसअघि हिजो भएको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकाडेमी विजयी भएको थियो । मदन भण्डारी स्पोर्टस् एकाडेमीले घरेलु टोली रमपम झापा ११ लाई ४–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
विजेताका लागि १३ लाख ५१ हजार पुरस्कार रकम प्रदान हुने प्रतियोगिताको एक कार्यक्रमकाबीच वुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन् गरेका थिए । सो पुरस्कार एनसेलले उपविजेता टिमका लागि ६ लाखको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ ।
प्रतियोगितामा भूटान ११ र भारतको कोलकत्तास्थित महोमदन स्पोर्टिङ क्लबको पाहुन टिमका साथै ए डिभिजनका ७ र आयोजक गरी १० टिमको सहभागिता रहने छ । रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब तथा विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लब प्रतिष्पर्धामा उत्रिएका हुन् ।