उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिराहाका जिल्ला इन्जार्च अंकुल राउत उदयपुरमा रहेको घरैबाट पक्राउ परेका छन् । विहीबार जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा रहेको घरबाटै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी मेघराज अधिकारीले बताए । सिरहा जिल्लाका इन्चार्ज रहेका राउतलाई विशेष सुराकीको आधारमा घर आएको वेला पक्राउ गरिएको डीएसपी अधिकारीले जानकारी दिए । ‘राउतमाथि विभिन्न आरोप लागेका निवेदन जिल्ला प्रहरी कार्यालयमा परेका छन्,’ अधिकारीले भने, ‘कानुनी कारवाही अगाडि बढाउन अहिले अनुसन्धान भइरहेको छ ।’ उदयपुरमा घर भएका नेकपाका कार्यकर्तामाथि उदयपुर प्रहरीले धरपकडनै सुरु गरेको छ। केही दिन अगाडि मात्र प्रहरीले उदयपुरका जनसरकार प्रमुम जितबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो ।