धरान । सिण्डिकेट पक्षधर यातायात व्यवासायीले सार्वजनिक सवारी साधन नचलाउने घोषणा गरेसँगै पूर्वको यातायात ठप्प भएको छ । पूर्वका मुख्य सहरहरु विराटनगर, धरान, इटहरी, धनकुटा, दमक, काकटभिट्टा लगायतका सहरहरुमा सार्वजनिक यातायातहरु ठप्प प्रायः भएका छन् । विशेष गरी यात्रुवाहक बस सञ्चालनमा नहुँदा स्थानीय यात्रुहरु एक सहरबाट अर्काे सहरमा पुग्न समस्या भएको छ । तर पूर्वका सहरमा टेम्पो, अटो रिक्सा भने चलिरहेका छन् । टेम्पोले यात्रुलाई सेवा दिइरहेको भएपनि त्यो पर्याप्त देखिएको छैन । टेम्पाे र सिटि सफारीलार्इ भने यात्रु बाेक्न भ्याइ नभ्याइ भएकाे छ । ब्लाष्टखबरका स्थानीय संवाददाताले दिएको जानकारी अनुसार टेम्पो तथा अटो रिक्साले सेवा दिइरहेको भएपनि लामो दुरीमा हिडेका यात्रुहरु विचल्लीमा परेका छन् । सडक तथा बसर्पाकहरु खाली देखिएका छन् ।