इटहरी/ सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको विरुद्ध निजि कम्पनीका सार्वजनिक गाडी प्रहरीको स्कर्टिङमा गुड्न थालेको छ । देशैभरि यातायात व्यवसायीहरु सडकमा बस सञ्चालनमा रोक लगाए पनि निजि कम्पनीका दर्जन गाडी प्रहरी प्रशासनको सुरक्षामा इटहरीबाट सञ्चालनमा ल्याईएको हो ।

शुक्रबार बिहान देखि शहरमा भाडाका सवारी नचले पनि इटहरीबाट सञ्चालनमा आएको एरिना यातायात प्रालिले प्रहरीको सुरक्षामा बस सञ्चालनमा ल्याएको हो । बस नेपाल प्रहरी तथा शशस्त्र प्रहरीका चालकहरुले चलाएर सुरु गरेका हुन् । इटहरीमा शुत्रबार प्रमुख जिल्ला अधिकारी ,जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा प्रहरीहरुको बाक्लो उपस्थितीमा बस सञ्चालनमा ल्याएको थियो । प्रहरी प्रशासन र व्यवसायीको सक्रियतामा सवारी चलाउँन थालेको हो ।

एरिना यातायात प्रालिका निर्देशक समिर कार्कीले जनताले सडकमा पाएको दुख देख्न नसकेर यातायात सञ्चालनमा ल्याएको बताए । विहान देखि बस कुरेर सर्वसाधरण बसेको देख्न सकिएन ,सेण्डिकेट के हो मलाई थाहा भएन जनताको सेवाको लागी किनेको बस व्यवसायीहरुले भन्दा म किन नचलाउँने उनले भने । व्यवसायीहरुले आफुलाई बस नचलाउँन दबाव दिएको जनाउँदै उनले भने म कुनै दबावले बस गुडाउँन रोक्दीन । आफ्नो कम्पनीको सात वटा बस प्रदेश एकका विभिन्न शहरको लागी छुटेको र नियमित रुपमा सञ्चालनमा ल्याउँने उनको भनाई छ ।

व्यवसायीहरुको दादागिरी विरुद्ध प्रशासन लगाएर भए पनि बस सञ्चालनमा ल्याउँने सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । हामीले अहिले आफैले सुरक्षा दिएर यातायात सञ्चालनमा ल्याउँने प्रयास गरेका छौ उनले भने । यात्रुहरुको सडकमा विजोक भएको जनाउँदै प्रजिअ उप्रेतीले भने हामी ठाउँ-ठाउँमा सुरक्षा दिएर भए पनि बस सञ्चालनमा ल्याउँन तयार छौ । बस व्यवसायीहरुलाई निर्धक्क बस सञ्चालनमा ल्याउँन उनको आग्रह छ । यता सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायाण चिमरियाले जनताले बस नचल्दा दुःख पाएको कारण सुरक्षा दिएर बस सञ्चालनमा ल्याएको बताए । हामी जनतालाई गन्तव्य सम्म पुराउँनु पर्छ भनेर लागेका छौँ डिएसपी चिमरियाले थपे । व्यवसायीहरुले गरेको सिण्डिकेट विरुद्ध व्यवसायीहरु पनि लाग्नुको विकल्प नरहेको भन्दै बस चलाउँछु भन्दै आउँनेलाई पूर्ण सुरक्षाको साथ चलाउँन सहयोग गर्ने उनको भनाई थियो । बिहानै भाडाका सवारी साधनहरुअत्यान्तै न्युन मात्रामा र निजी सवारी साधन केहि चलिरहेका थिए । इटहरीको बसपार्क क्षेत्रमा भने ठुलो मात्रामा सवारी साधनहरु थन्काइएको देख्न सकिन्छ । गाडी नपाएर यात्रुहरु अलपत्र परेको अवस्थामा इटहरीबाट बस सञ्चालनमा आउँदा यात्रुलाई केहि राहत भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर राजन कार्कीले बताए । विराटनगर, धरान, दमक इटहरी, काकडभित्ता लगायतका शहरहरुका लागी इटहरीबाट बस छुटेको इन्स्पेक्टर कार्कीको भनाई छ ।

अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्वजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्द सफल हुन दिन नहुने विहिबार मात्र काठमाण्डौबाट इटहरी आएका सञ्चारकर्मी भिषण राईले वताए । सरकार र यातायात व्यवसायीबीचको द्धन्द्धको चपेटोमा जनता पर्ने नहुने भन्दै निजि सवारी साधनहरुले यति बेला यात्रुहरुको मार्का बुझ्न आवश्यक रहेको औल्याए ।