विराटनगर/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक सम्वृद्धिमा सञ्चयकोष सहयोगी हुनुपर्ने बताएका छन् ।
[caption id="attachment_81764" align="aligncenter" width="1024"] कोषको उद्घाटन गर्दै मुख्यमन्त्री राई ।[/caption]विराटनगर १० मा रहेको नवनिर्मित सञ्चयकोष भवनको शुक्रबार उद्घाटन गदै उनले यस्तो बताएका हुन् । उनले कोषकर्ताको हित र मुलुकको विकास र सम्वृद्धिका योजनाहरुलाई लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नति कार्यमा सहयोगको भूमिका खेल्न पर्नेमा जोड दिए ।
उनले तीन तहकै सरकार निर्माण भएकोले जनताको विकास र सम्वृद्धिको चाहनालाई मूर्तरुप दिनको कोषको लगानी सहयोगको कार्य अनुकरणीय हुनुपर्ने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले लगानीको सुरक्षा, सुरक्षाको पूर्ण ग्यारेण्टी लगायत आवश्यक निति निर्माण गरी कृषि, जल विद्युत उद्योग र पर्यटन उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे ।
प्रदेश सरकार जनताको जीवनस्तर उकास्नका साथै निर्यातमलक उद्योग स्थापना गरी रोजगारी सृजना गर्न विदेशी लगानी भित्राउन आकर्षक पूर्वाधार निर्माण सहित लगानी मैत्री नीति वनाउने धारणा उनले राखे । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने बताए ।
दश कठ्ठा जमिनमा अपाङ र सूचना प्रविधि मैत्री दुई तल्ले भवन निमार्ण भएको छ । २ करोड ८६ लाख ५२ हजार १ सय ६६ रुपैयाँमा लागतमा निमार्ण भएको हो । कोषले यस क्षेत्रका ८० हजार कर्मचारीहरुलाई सेवा प्रदान गर्दै आएको बताइएको छ ।