पाँचथर/पाँचथरको कुम्मायक गाँउपालीकामा पाँचथरको सर्वाधिक पुरस्कार राशि रहेको दोश्रो कुम्मायक कुस्सायक गोल्डकपको दोस्रो चरणको खेलमा पञ्चायन क्लब सुनसरीलाई १ का बिरुद्ध २ गोल गर्दै एकता युवा क्लव मोरङ बिजयी भएको छ ।

एकताको तर्फबाट खेल सुरुभएको २६ मिनेटमा फर्ड् पाएको सदुपयोग गर्दै बिनोद अधिकारीले पेनेल्टी सुटआउटमा १ गोल गरेका थिए । दबावमा परेको पञ्चायन क्लब सुनसरीका सुजन राईले गरेको प्रहार गोल रक्षकले क्लियर गर्न नसकेपछि रिवाउन्डमा आएको बललाई सुजनले गोल गर्दै खेलको निर्धारित समयमा बराबरी पार्न सफल भएका थिए । थपिएको १५ मिनेट मध्ये अन्तिम १३ मिनेटमा पुनः एकता युवा क्लव मोरङका बिनोद अधिकारीले सुन्दर गोल गर्दै आफ्नो टिमलाई जितमा बदलेका थिए ।

पृथ्बी मा.विको खेल मैदानमा भएको खेलमा निकै रोचक र प्रतिसप्रधात्मक खेल भएको थियो । बिजयी गोल गरेका बिनोद खेलको म्यान अफ दि म्याच हुदै नगद ५ हजार मेडल र ट्रफी हातपारे । हिजोबाट सुरु भएको प्रतियोगिता बैशाख २६ गते चल्ने छ । प्रतियोगितामा काठमाण्डौ, झापा , मोरङ ,रेडहर्स इलाम लगायत ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले उपाधि सहित नगद ३ लाख ११ हजार प्राप्त गर्दा उप-बिजेताले १ लाख ५५ हजार प्राप्त गर्ने छन् । शनिबारको खेल