धरान । नेपाल टेलिकमका कर्मचारीले टेलिफोन नम्बरको प्वाईन्ट जडानगर्दा लापर्बाहि गर्ने गरेको तथ्य फेला परेको छ । कर्मचारीले टेलिफोन जडानगर्दा लार्पबाही गरेपछि सेवाग्राहीले तनाब समेत खेप्नु परेको छ । पछिल्लो समय स्वर्गिय लिला श्रेष्ठ सुब्बाको नाममा रहेको ०२५५२२७१३ नम्बरको टेलिफोन नम्बरको लाईनमा ०२५५२११९८ नम्बरको टेलिफोन नम्बर जोडिएको छ । लिला श्रेष्ठ सुब्बा नेपालकी पहिलो महिला उपसभामुख हुन् । उनको निधनपछि उनको नाममा रहेको टेलिफोन अन्य ब्यक्तिको नाममा नामसारी भएको छैन । उक्त टेलिफोन नम्बर अहिले यातायात ब्यासायी बाबुराम कार्कीले प्रयोग गर्दै आएका छन् । शुक्रबार विहानबाट मैले प्रयोग गर्दै आएको ०२५५२२७१३ नम्बरको टेलिफोनमा ०२५५२११९८ लाईन जोडिएको छ ब्यासायी कार्कीले भने ‘अहिले बिदेशबाट आउने पारिवारीक फोनहरु अबरुद्ध भएका छन्,मेरो परिवार निकै तनाबमा छ ।’यो समाचार तयार पार्दा सम्म ०२५५२२७१३ नम्बरको फोन रिसीभ हुदैन । उता नेपाल टेलिकम धरान इकाईका प्रमुख सञ्जीब घिमिरेलाई यस बिषयमा जानकारी लिन फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उनको ९८५११०५००७ नम्बरको फोनमा उनलाई पटक पटक सम्पर्क गर्दापनि सम्पर्क हुन सकेन । यसलेपनि टेलिकमका कर्मचारी तथा अधिकृतहरु गैरजिम्मेवार तथा जवाफदेही नभएको स्पस्ट हुने पीडीत कार्कीले बताए ।