विराटनगर । ऐतिहासिक विराटनगर जुट मिलमा भएको अनियमितताबारे संघिय सरकारले छानविन गर्ने भएको छ ।

२ महिना संचालन भएर पुनः बन्द भएको जुटमिललमा अनियमितता भएको देखिएपछि सरकारले छानविन गर्ने भएको हो ।

जुटमिलमा भएको अनियमितताबारे जानकारी पाएपछि शनिबार विराटनगर जुटमिलको स्थलगत अनुगमन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जुटमिलमा भएको अनियमितताको विषयमा छानविन गरिने र त्यसपछि जुटमिल संचालन गर्न पहल गर्ने बताए । उनले प्रधानमन्त्रीको कानुनी सल्लाकार न्यायधिवत्तासँग परामर्श गरी चाँडै जुटमिललमा भएको अनियमितताबारे एउटा छाविन समिति गठन गर्ने जानकारी दिए ।

‘नेपालको सानको रुपमा रहेको जुटमिलको सम्पती बेचिएको देखिएको छ,’ यादवले भने, ‘जुटमिल भित्रको उपकरणहरु हराएको देखियो ।’ उनले भने, ‘मिल भित्रको उपकरणहरु चोरले चोरेको होइन । रक्षा गर्न बसेकाहरुकै सहमतिमा चोरी भएको देखियो ।’ उनले भने, ‘सरकारले तत्काल छानविन समितले गठन गरी यार्थथ बाहिर ल्याउछ ।’ उनले अनियमितता गर्ने चाँडै दण्ड सजाएको भागिदार बन्न तयार हुनुपर्ने बताए । मन्त्री यादवले अनियमितताले गर्नेलाई कारबाहीको दायरामा ल्याएर पटक–पटक बन्द हुँदै संचालन गरिँदै आएको देशकै जेठो उद्योग विराटनगर जुटमिल्स पुनः संचालनमा आउने उनले प्रतिबद्धता दिलाए । मन्त्री यादवले जुटमिलको खास समस्या समाधान गरेर जुटमिल संचालनमा ल्याउने बताए । ‘सरकार जुटमिलमा सेयर थप्ने पक्षमा छ,’ उनले भने, ‘अब व्यापारी सेयर होइन काम गर्ने मजदुरको सेयर हालेर मिल सञ्चालन गर्नेछौं ।’ उनले जनताको सम्पतीमा कसैको दादागिरी नचल्ने बताए । ‘जुटमिलमा भएको अनियमितताको छानविन गरी मिल सञ्चालनमा आउनेछ,’ उनले भने, ‘म आएपछि अब कुनै प्रकारको गडबट हुन दिन्न ।’ मन्त्री यादवले भने, ‘जसले गडबट गर्ने प्रयास गर्छ त्यसको हालत खराब हुन्छ ।’