पथरी ।भनिन्छ, पाखुरी दरा भए सबै आफ्ना, पाखुरी सुके सबै विराना । अहिले त्यस्तै अवस्थामा छिन फुलमाया लिम्बू । उमेरले ७५ कटि सकेता पनि उनमा जागर भने उतिकै छ, तर काम गर्न सक्दिन । कानेपोखरी गाउँपालिका –६, हनुमान चौकमा बस्दै आएकी फुलमाया आफु जन्मेको उमेर २००१ साले बताउछिन् । श्रीमानको नागरीकता छ, तर कता छ थाहा छैन । उनको नागरीकता छैन । नागरीकता नभएको कारण राज्यबाट उपलब्ध हुने सेवासुबिधा बाट बन्चित भएकी छिन् । फुलमायालाई नागरिकता बनाइदिन स्थानीयहरुले वडाध्यक्ष खड्ग बस्नेतलाई अनुरोध गरिसकेको स्थानीय विवेक लिम्बू बताउँछन् । तर अहिले सामाजिक सञ्जाल र स्थानीयको माग नागरीकता बनाई दिएर राज्यबाट उपलब्ध हुने सेवा सुविधा दिनु पर्ने माग छ । यस विषयमा वडा नं. ६, का वडाध्यक्ष बस्नेतले फुलमायाको सनाखत गर्ने मान्छे कोहि पनि रहेन छ, अव त्यसको निकास निकालेर नागरीकता दिनु पर्ने उनले बताए । २०६७ सालमा श्रीमान टंक बहादुर लिम्बूको मृत्यु भयो । उनको ३६ बर्षिया जेष्ठी छोरी धनमाया(डल्ली) मानसिक सन्तुलन गुमाएर घर बाहिर छन्,भने कान्छी छोरी ३० बर्षकी रामकुमारी विवाह गरी बेपता भएकी छिन । आफ्न्त कोहि छैनन् । आफ्नो घरले ओगटेको ऐलानी एक कट्ठा जग्गा पनि भित्री बाटोेले काटेर घरले ओगटेको मात्र छ । भित्रबाट तारा मण्डल देखिने घर छ । पानी पर्यो भने घर भित्र पानी नै पानी हुन्छ कष्टका साथ दिन विताई रहेको छिमेकी विवेक लिम्बू बताउछन् । अरु सँग त्यति राम्रो गफ गर्न नसक्ने फुलमायाले कहिले भोक्कै त कहिले सकि नसकि जंगलबाट दाउरा ल्याएर छिमेकीहरुलाई बेचेर , चामल किनेर छाक टार्ने गरेको उनि बताउँछिन् । सम्पतीको नाममा उनिसँग केहि छैन, पकाउने कालो भाडो,कराई,थाल र बटुका मात्र छ । लुगा फाटा पनि छैन, उनले एकसारो लगाएको मात्र हो । न त फेर्ने नै छ, न त रातमा ओढ्ने ओछ्याउने । श्रीमन हुदा पनि उमेरमा जंगलबाट ल्याएको दाउरा, अरुको खेतला गएर घरधन्दा चलाएका थिए । तर अहिले बृद्धा भएको पछि त्यो सबै थन्कीयो । बृद्धा फुलमाया अहिले कहिलेकाही ३ मिलोमिटरको जंगलमा गएर सिला साङ्ला पारेर सकि नसकि घरमा ल्याएको दाउरा बेचेर त कहिले भोकै बस्ने गरेकी छन् । फुलमायाको घरको स्थीतिलाई फोटो सहित हंङकङमा रहेका कानेपोखरी –४,का अनोज रोक्का, मलेसियामा रहेका अर्जुन, दिपक, बिक्रम बहराइनबाट जीवनाथ र नेपालमा रहेका सिहंबहादुर लगायतले सामाजिक सञ्जालमार्फत भाइरल बनाएका छन् । सामाजिक सञ्जालमा आशु आउने तस्वीरहरु देखेर आर्थिक सहयोग गर्नेहरुको पनि लर्को लागेको छ । पछिल्लो समयमा कानेपोखरी –४, निवासी तथा हाल काठमाडौ बस्दै आएका नानु सुब्बा र कानेपोखरी–४, का टंकप्रसाद चुडालको आर्थिक सहयोगमा टिनको छानो लगाई दिएका छन् । सामाजीक सञ्जालबाट बृद्धाको अवस्था नाजुक देखे पछि आफुहरुले छानो लगाई दिएको चुडाल बताउँछन् । घरको छानो लगाउने काम कानेपोखरी –४, हस्तिनापुर समाज सेवा क्लबका सदस्यहरुले श्रमदान गरेका थिए ।