मोरङ/मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ ले वडाका ७० बर्ष नाघेका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक समन्वय समितिद्धारा शनिवार आयोजित कार्यक्रमा ३० जना जेष्ठ नागरिकहरुलाई टेक्ने लौरो तथा झुल र २५ जना अपाङलाई फेन, ३ जनालाई कपडा र ५ जनालाई झुल प्रदान गरी सम्मानित गरिएको हो ।
कार्यक्रमा पूर्व सांसद चण्डिप्रसाद राई, प्रदेश सांसद कृष्णकुमारी राई, ४ नं. वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सदस्यहरु अमर बराइली, दिलु मगर र तुलसा दर्जीले झुल तथा छाता वितरण गरेका छन् । त्यसैगरी, अपाङग समन्वय समितिका अध्यक्ष मोहन दर्जी, जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष रुद्रबहादुर कटुवाल, सुकुम्बासी समस्या समाधान समन्वय समितिका जहरमान लिम्बु, युवा समाजसेवी लोककिरण न्यौपाने लगायतले पनि सामग्री वितरण गरेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक अन्तर्गत ५० हजार र अपाङ्गता भएका व्यक्ति अन्तरगत ५० हजार रुपैयाँ लक्षित बजेट रहेको थियो । जस अन्तरगत १ सय जना ७० बर्ष नाघेका बृद्धबृद्धा र ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई त्यसखाले सम्मान गरिएको छ ।