विराटनगर/ नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा विक्रम लुईटेल भारी मत अन्तरसहित निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजानिक गरेको मत परिणम अनुसार ७ सय ७० को फराकिलो मत अन्तरले पराजित गरी लुईटेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा लुईटेलले ९ सय ३० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गोपाल देवानले १ सय १६ मत प्राप्त गरेका छन् । लुईटेल प्रेस चौतारी, प्रेस यूनियन र प्रेस सेन्टर गरी संयुक्त प्यानलको उम्मेदवार रहेका थिए । अध्यक्ष लुईटेलको पुरै प्यानल विजयी भएको हो ।
त्यसैगरी उपाध्यक्षमा सोमनाथ सुसेलीले ९ सय २३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी विजयहरी खतिवडाले १ सय ५६ मत प्राप्त गरे । महिला उपाध्यक्षमा स्मिता निरौलाले ८ सय ५८ मत प्राप्त गरि बिजयी भएकी थिइन भने उनका निकटतम प्रतिद्वन्द्वी मनिता चाम्लिङले २ सय १० मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतमले ८ सय ८४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कमन देवानले १ सय ९१ मत प्राप्त गरे । सचिबममा हरिकुमार राई निर्विरोध निर्वाचित भएका छन् । समावेशी सचिबमा बुद्धवीर राईले ९ सय मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी सन्तवीर राईले १ सय ७७ मत प्राप्त गरे भने कोषाध्यक्षमा अम्बिका भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश १ को पत्रकार महासंघको १२ वटा पदमा निर्वाचन भएको थियो भने १० जना यस अघि निर्विरोध भइसकेको थिए ।
त्यस्तै सदस्यहरुमा डिल्लीराम खतिवडा, तिर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने, विपेन्द्र गौतम, शशि कोइराला, रेजिना गौतम, तिल कुमारी शर्मा, रीता मोत्तान, सन्तोष रुचाल, गणेश सम्पाङ राई, केशव कुमार लामा, जयकृष्ण यादव, ब्रम्हदेव यादव, इकावाल अहमद निर्वाचित भएका छन् ।
प्रदेश १ को १४ जिल्लामा शनिबार निर्वाचन भएको थियो । १ नम्बर प्रदेशमा १४ सय बढी मतदाता रहेका थिए ।
त्सोही अवसरमा नवनिर्वाचित अध्यक्ष लुईटसहित तीन जनालाई मोरङका पत्रकारहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित अध्यक्ष लुईट, महासचिब गौतम, सदस्यद्धोय यादव र तिलकुमारी शर्मालाई फुलको गुच्द्धा र अविरमाले बधाइ ज्ञापन गरेका हुन् ।