काठमाडौं/ अवैध हुण्डीको कारोबार गरेको आरोपमा काठमाडौंको न्युरोडबाट झापाको शिवगञ्ज स्थायी घर भएका विपीन उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।  उप्रेतीलाई शुक्रवार महानगरीय प्रहरी वृत जनसेवा र अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले उनको साथबाट १० लाख चालिस हजार नगद बरामद गरेको छ । शंकास्पद रुपमा मोटो रकम झोलामा बोकेर हिँडेका उप्रेतीले हालसम्म ३३ लाख रुपैयाँ बराबरको कारोबार गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त कारोबारेको मुख्य नाईके रमेश शिवाकोटी भएको खुलेको र त्यसबारे थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९डिएसपी० मोहन कुमार थापाले जानकारी दिएका छन् ।