मोरङ/राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको पाँचौ अधिवेशनले डाक्टर नविन चापागाईलाई पुन : अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

सुरुङ्गाको कोटीहोममा भएको जिल्ला अधिवशेनले चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा धनञ्जय बास्कोटा, उपाध्यक्षहरुमा ममता पाठक, गोपीकृष्ण भट्टराई , डिल्लीराम मैनाली, रामप्रसाद मैनाली र मनकुमार गदाल चुनिएका छन् । सचिवमा नविन योगी, सहसचिवमा टीकाराम नेती र कोषाध्यक्षमा चैतन्य बराल पनि सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा, कृष्णप्रसाद घिमिरे, सकुन्तला गुरागाइ, श्यामकृष्ण पौडेल, ताराकुमार कुवँर, पदमबहादुर कुँवर, निर्मला राई, जानुका बास्कोटा, धनबहादुर बुढाथोकी, बेनु निरौला, होमप्रसाद दुलाल, गंगाराम दाहाल र भवानी लुइटेल चुनिन पुगेका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय सदस्य सुमित्रा प्रसाईको मानव अधिकारको क्षेत्रमा झापालाई नमूना जिल्ला बनाउन सक्रिय रुपमा लाग्न नवनिर्वाचित समितिलाई आग्रह गरिन् । सो अवसरमा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गदै जिल्लाले प्रतिष्ठानका केन्द्रिय सल्लाहकार कोमल प्रसाईलाई दोसल्ला ओढाएर सम्मानपत्र द्धारा सम्मान गरिएको थियो ।