पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा गत बर्ष बजार अनुगमन भयो । बजार अनुगमनमा कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला प्रशासन लगायतका सरकारी निकायको सम्युक्त सहभागीता रहेको थियो । सो अनुगमनमा म्याद नागेका पेय पर्दाथ र खाध्र्य बस्तुहरु कम मात्रामा नष्ट्र गर्दै दोस्रो अनुगमनमा अखाध्र्य बस्तुहरुको बिक्री बितरण गरिएको पाईए जफर्त गर्ने भनिको थियो । तर त्यसको डेढ बर्षमा आज बजार अनुगमन भयो । बजार अनुगमनमा म्याद नाग्न लागेका पेय पदार्थ र खाध्य बस्तुहरु फेला परे, ब्याबसाहीहरुलाई यस्ता अखाध्र्य बस्तुहरु नबेच्न अनुगमन समितिले आग्रह ग¥यो । पटक–पटक अनुगमन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय पाँचथरले औपचारीत्ता निभाउँने बाहेको कुनै प्रगति गर्न सकेको छैन । कुम्मायक गाउँपालिकामा लामो समयमा हुटल ब्याबसाय गर्दै आउनु भएका स्थानिय ब्याबसाही मदन चाम्लिङ भन्छन् ब्याबसाय गरेपछि करको दायरामा आउँनु राम्रो पक्ष हो तर बजारमा केही सिमित ब्याबसायीले मात्रै ब्याबसाय दर्ता गरी राज्यलाई कर बुझाउँर्दै आएका छन । नियम लाग्ने हो भने सबैलाई लाग्नु पर्छ, तब मात्र एकरुपता आउँछ उनले भने । बजार अनुगमनमा ब्याबसाय दर्ता नगरी ब्याबसाय गरेको र कतिपय पेय पदार्थ र खाध्र्य बस्तुहरुको म्याद नागेको पाईएको अनुगमनमा फेला परेको छ । कतिपय ग्रामिण क्षेत्रका स्थानिय बजारहरुमा बिभिन्न डिलरहरुले म्याद सकिन लागेका पेयपदार्थ र खाध्र्य बस्तुहरु बिक्री गर्ने भएकाले पनि यस्तो समस्या आउँने गरेकोे छ । अनुगमनमा सहभागी भएका कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरका प्रमुख लावण्यराज दाहालले बजार अनुगमनको जिम्मा गाउँपालिकालाई दिएकाले अब गाउँपालिकाले बजार अनुगमन गर्ने भएकाले यस्तो समस्या नआउँने उनले दाबि गरे । स्थानिय सरकार नभएको अबस्थामा ब्याबसाहीहरुलाई करको दायरामा ल्याउँन समस्या हुने गरेको थियो, तर अहिले बजार अनुगमन गाउँपालिकाले गर्ने भएकाले ब्याबसायीहरु करको दायरामा आउने भएकाले अखाध्य बस्तुहरु बिक्री बिरणमा सुधार आउँने दाहालले बताए । कुम्मायक गाउँपालिकाले बजारको खाधान्य, मदिरा, तथा सुत्तिजन्य पदार्थको दर्ता र नबिकरणको बिषयमा बजार अनुगमन गरी म्याद नागेका बस्तुहरु जफत गर्नुका साथै, नबिकरण नभएका ब्याबसाय २५ दिन भित्रमा दर्ता गर्ने बिषयमा समेत निणर्य गरिएको छ । अनुगमनमा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरका प्रमुख लावण्यराज दाहाल, जिल्ला प्रसासनका नायक सुब्बा प्रकाश अधिकारी, वडा न. १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावती, इलाका प्रहरी कार्यालयका प्रमुख भरत कुमार थापा लगायतको सहभागीता रहेको थियो ।