धनकुटा । धरानबाट संखुवासभाजाँदै गरेको यात्रुवाहक वस धनकुटा नगरपालिका वडा नं.४ स्कुल डाँडामा शुक्रवार विहान ११ वजे दुर्घटना हुँदा १७ जनायात्रु घाईते भएका छन् । कोशिलोकमार्गको धनकुटा हिले खण्डमा पर्ने स्कmुल डाँडामा संखुवासभाको आँखिभुँई जाँदै गरेको को १ ख २५३० नम्वरको यात्रुवाहक वस दुर्घटना हुँदा १७जना घाईते भएकाहुन । घाइते मध्ये ३ जनाको अवस्थागम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुको जिल्ला अस्पताल धनकुटा र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचार भैरहेको प्रहरीले जनाएको छ । जस मध्ये तिनजनाको जिल्ला अस्पताल धनकुटामा उपचार हुननसकेको पछि थपउपचारको लागीविपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले वताएका छन् । दुर्घटनामा परि घाईते हुनेहरुमापाख्रीवास नगरपालिका वडा नं.१० का पदमवहादुर राई, धनपा वडा नं.५ का दिस्तीश्रेष्ठ, धनकुटा खोकुकी सजना राई, धर्मदेवीनगरपािलका वडा नं.८ का अमृत कुमार नेपाल, धनबहादुर जिमी, चुमबहादुर जिमी, विमलाकार्की, अमरबहादुर कार्की, शंकर खड्का, धनपा–५ का निलमश्रेष्ठ, किरण मास्के, ११ महिनाका रुक्सनश्रेष्ठ, धनकुटा–७ का चन्द्रबहादुर तामाङ र जगत राई रहेका छन् । यसैगरी पाख्रिबास नगरपालिका ४ का गणेशबहादुर बस्नेत, सहिदभूमिगाउपालिकाका धरान १५ का सुनिलभुजेल लगायतका घाइते भएको छन् । अधिकांश घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चातचालक फरार रहेका छन् । राजमार्ग देखीयात्रु वाहक वस ४० मिटर तल खसेर सल्लाको रुखमा अड्किएको थियो ।