इटहरी/ मोरङको सुन्दरहरैचा नगरपालिका अन्तरगत दुलारी आसपासमा सञ्चालनमा आएको गणपति डिजिटल केबल नेटवर्क प्रालिले सरकारी मापदण्ड विपरीत केवल चलाउँदै आएको पाईएको छ ।

[caption id="attachment_82496" align="alignleft" width="400"] सांकेतिक तस्विर[/caption]

केवलले अबैध रुपमा एनालक टिभी प्रसारण गदै आएको छ । त्यस्तै नगरपालिकामा सञ्चालन गरे पनि अहिले सम्म भ्याटमा समेत दर्ता नगरि मनपरी तरीकाले सञ्चालन गदै आएको दुलारीका एक स्थानीयवासीले नाम नबताउँने सर्तमा बताएका छन् ।  अर्काको केवलबाट एनालक टिभि उपलब्ध गराउँन नपाईने नियम भए पनि गणपतिले सुनसरी नेटवर्क एण्ड सर्भिसबाट उपलब्ध गराउँदै आएका छन ।

एनालक टिभि सञ्चालन गर्नु अबैध हो सुचना तथा सञ्चार मन्त्रालयका इन्जिनिर अनिल भुजेलले भने । यसरी सञ्चालन गरेको पाईए हामी बन्द गराउँछौ ।