धनकुटा/लोकसेवा आयोगको परिक्षापास गरेर निजामति सेवामा प्रवेश गर्ने दुई प्रतिभालाई शुक्रबार यहाँ एक भव्य समारोहको बिच सम्मान गरिएको छ ।
[caption id="attachment_82505" align="aligncenter" width="1224"] धनकुटा नगरपालिका वडा नं.६ का वडा सदस्यलाई सम्मान गर्दै प्रमुख अतिथि शकुन्तला बस्नेत ।[/caption]सो अवसरमा धनपा–६ का वडा सदस्यमिलन नेवा खड्गीलाई सम्मान गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदले धनकुटा नगरपालिकाको सहयोगमा आ.व. ०७३/०७४ संचालन गरेको लोकसेवा तयारी कक्षामा सहभागी भै लोकसेवाले लिएको सुब्बा पदमा नाम निकाल्न सफल २ जनालाई सम्मानपत्र, दोसल्ला र खदा आडाएर सम्मानगरिएको हो । यसरी सम्मानतिहुनेहरुमालोकसेवा उतिर्ण गरेर हालजिल्लाहुलाककार्यालय झापामापोष्टिङ भएकाभोजपुर जरायोटार घर भएकाप्रविन राई र महिलाविकास कार्यालय तेह्रथुममापोष्टिङ भएकाभोजपरको ठूलोदुम्वा घर भएकाबुनु राई रहेका छन् । त्यसैगरी सोहीअवसरमा नेपालआदिवासीजनजातिमहासंघ धनकुटाका पुर्व कोषाध्यक्षएवं धनपा वडा नं.६ का निर्वाचित वडासदस्य मिलन नेवाः खड्गीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला बस्नेत र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले सम्मान पत्र एवं दोसल्ला ओडाएर खदा सहित सम्मान गरेका थिए ।
नेपालआदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले धनकुटा नगरपालिका कार्यालयको सहयोगमा आ.व.०७४/०७५ मा संचालन गरेको लोकसेवातयारी कक्षाको औपचारिक समापन समेत गरिएको थियो । नगरपालिकाको सहयोगमा संचालित लोकसेवा तयारी कक्षामा धनकुटा नगरपालिका र आसपासका गरी ४० जनाले भाग लिएका थिए । तालिममा भाग लिएर लोकसेवा परिक्षा उतिर्ण गर्नेलाई महासंघले हरेक वर्ष सम्मानगर्दै आएको छ । नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रवि खड्गीको अध्यक्षतामा सम्पन्न तालिम समापन एवं सम्मान कार्यक्रममा नगरका उप–प्रमुख शकुन्तला बस्नेत, जिल्ला समन्वय परिषदका अध्यक्ष संजय सन्तोषी राई, निवर्तमान नगर समन्वय परषदकाअध्यक्ष गोपाल लिम्बु, आदिवासी जनजाति पत्रकार महासंघ धनुकटाका अध्यक्ष सन्तवीर लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सो अवसरमावोल्दै उनीहरुले निजामती सेवालाई समावेशी बनाउन धनकुटा नगरपालिकाले चालेको कदमअत्यन्त्यै सकरात्मक भएको बिचार व्यक्त गरेका थिए । कार्यक्रमको संचालननगर समन्वय परिषदका सचिव दालमु शेर्पाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष इन्द्र लुङ्गेली मगरले मगरले गरेका थिए ।