इटहरी/ मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थित वडा स्तरीय सडक सौर्य बत्ति जडानमा ढिलाई र आर्थीक अनियमिता भएको नेपाली काग्रेसले शनिवार बेलवारीमा पत्रकार सम्मेलन गरी आरोप लगाएको छ । लक्ष्मीमार्ग स्थित गत चैत्र ३ गते ११ नम्बर वडा स्तरीय सडक सौर्य बत्ति जडान उपभोक्ता समिति र सोको अनुगमन समिति समेत गठन भएको थियो । बिज्ञप्तीमा उल्लेख भए अनुसार उक्त गठित समितिले हालको मिति सम्म कामको प्रारम्भीक थालनी हुन नसकेको उनीहरुको आरोप छ ।
नगरपालिकाले टेन्टर प्रक्रिया गराएकाे थियो । लक्ष्मीमार्ग बस्ने बिशाल कटुवालले ९० हजार प्रतिगोटा जडान गर्ने र सोही ठाउँका नवराज राईले पनि सोहि प्रकृयाबाट ९३ हजारमा सौय बत्ती जडान गर्ने कोटेसन दिए पनि टेण्डर प्रक्रिया मिच्दै नगरपालिकाले आर्थिक प्रलोभनमा परि काठमाण्डौ स्थीत रहेको बशन्ती इनर्जी सप्लायर्ससँग १ लाख १२ हजार ९ सय प्रति गोटाको दरले खरीद कार्य गर्ने सम्झौता भएको भन्दै काग्रेसले आपत्ती जनाएको हो ।
बिज्ञप्ती अनुसार हाल जडान गर्न सम्झौता गरिएको बसन्ती इनर्जी सप्लायर्सले करिव २३ हजार बढि मुल्यमा सम्झौता भएको प्रती नेपाली कांग्रेसले आपत्ती जनाएको छ । बेलवारी नगरपालीकाबाट सौर्य बत्ति जडान गर्न भनेर यो आर्थीक वर्षमा २५ लाख नगद सदुपयोग नहुने आरोप नेपाली काग्रेसका वडासभापति लोकबहादुर बस्नेतले सेटिङमा सौय बत्ती जडान गर्ने लागेको भन्दै यस्तो पक्रिया रोेक्न उनले माग गरे ।
यता बेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगरले वडालाई बजेट विनियोजन गरीसकेको र उपभोक्ता समिति मार्फत काम गर्ने सहमती भएको बताए । यस विषयमा आफुले पनि बुझ्ने उनको भनाई थियो । यता काग्रेसले भने सौय बत्ती जडानमा आर्थिक अनियमितताको लागी कम मुल्यमा टेण्डर पर्दा पनि बढि मुल्यमा खरीद गर्न लागेको भन्दै आपत्ती जनाउँदै आएको छ ।