[caption id="attachment_40497" align="aligncenter" width="430"] फायलफाेटाे[/caption]

इटहरी/इटहरी बैशाख २९ गते– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले इटहरीमा शनिबार देखी सुरु भएको तेस्राे इटहरी राष्ट्रिय टि २० क्रिकेटमा बिजयी सुरुवात गरेको छ । शनिबार भएको उद्धघाटन खेलमा आर्मीले सप्तरीलार्इ ६ विकेटले पराजित गरेको छ ।

इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा सबै ८ गुमाउदै १ सय १७ रनको योगफल खडा गरेको थियो । जसमा बिकु दासले सर्वाधिक २३ रन बनाउदा मेहेबुब आलमले १७ र राहुल बिकले ११ रन बनाए । बलिङ तर्फ आर्मीका चन्द्र साउद र साहब आलमले २–२ विकेट लिए ।

जवाफमा १ सय १८ रनको बिजयी लक्ष्य आर्मीले १७ दशमलव १ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । आर्मीका लागी राहुल बिश्वकर्माले २१ रन बनाउदा अनिल मण्डलले १९ रन बनाए । बलिङ तर्फ सप्तरीका विबेक यादवले २ विकेट लिए । शनिबारको खेलको म्यानअफ द म्याच आर्मीका हरिकृष्ण झा घोषित भए । उनले १५ सय नगद र ट्रफि पाए ।

भोली आइतबार झापा र सुनसरी बिच प्रतिष्पर्धा हुने आयोजक सेभेन स्टार क्लबका सचिव सीपी पौडेलले जानकारी दिए । प्रतियोगितामा २ बिभागीय टिम सहित आठ टिमको सहभागीता रहेको छ । यसअघि जेठ ३ गतेसम्म चल्ने प्रतियोगिताको एक नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीबन घिमिरेले उद्धाघाटन गदै नेपालका क्रिकेटको विकास गर्नु आवश्यक रहेको बताएका थिए ।