पानवारी/ स्पार्क फाइभ हस्पिटल धरानले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

स्पार्क फाइभ हस्पिटल धरान–१ स्थित अस्पताल प्राङ्गणमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा पूर्वका विभिन्न क्षेत्रबाट आएका सेवाग्राहीले सेवा लिएको अस्पतालका व्यबस्थापक बिमल शर्माले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा २ सय २० जना भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण समेत गरिएको छ । त्यस्तै अस्पताल भर्नामा ३० प्रतिशत छुटको समेत व्यवस्था रहेको व्यवस्थापक शर्माले बताएका छन् । अस्पतालले विशेष गरी हाडजोर्नीका बिरामी, नशा च्यापिएका साथै प्यारालाइसिस भएका बिरामीहरुलाई सेवा दिदै आएको छ ।

अपतालको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले गरेका थिए । त्यस्तै अस्पतालको सेवाबारे बोल्दै अस्पतालका सञ्चाल मिन कुमार सुब्बाले ‘धेरैतिर जाँदा समेत नशाँ तथा हड्डीका बिरामीले उचित उपचार नपाइरहेको अवस्थामा धरानमा स्पार्क हस्पिटलको स्थापना भएपछि त्यस्ता बिरामीलाई सुविधा भएको’ भन्दै आगामी दिनमा समेत सेवालाई अझ बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।