शनिश्चरे । मोरङको विराटनगरको ब्लुस्टार क्रिकेट क्लबले जिल्लाको पथरी शनिश्चरेमा सम्पन्न १ नम्वर प्रदेशस्तरीय प्रथम सीएम कङ्गदम्वा टि ट्वान्टी क्रिकेट प्रतियोगितको उपाधि जितेको छ ।
पथरीशनिश्चरे क्रिकेट क्लवद्धारा आयोजित पथरी रंगशालामा सञ्चालित प्रतियोगिताको शनिवारको फाइनल खेलमा आयोजक रातोलाइ ९ विकेटले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो । विजेता विराटनगरले ३५ हजार र ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको आयोजक रातोले २० हजार र ट्रफी प्राप्त गरेको छ ।
टस जितेर व्याटिङ्ग रोजेको आयोजकले २० ओभरको खेल खेल्दै ९ विकेट गुमाएर १ सय ७ रन वनाएको थियो । आयोजकलाई सम्मानजनक योगफल वनाउने क्रममा राकेश दाहालले ५१ रन वनाए । आयोजकका राजु राइले १३ वाहेक अन्य ले दोहरो रन वनाउन सकेनन् । यता विराटनगरका रोनित सिंह ले ३ विकेट लिए भने मुन्ना मेण्डीजले २ विकेट लिए । विराटनगरका हर्जत अन्सारी, वीरेन्द्र झा, विधान गोस्वामीले १÷१ विकेट लिए ।
प्रतियोगितामा १ सय ८ रनको लक्ष्य लिएर मैदान उत्रिएको विराटनगरले १५ ओभरमा १ विकेटको क्षतिमा पुरा ग¥यो । जसमा वीरेन्द्रले ४६ रन, सिद्धान्त लोहनीले ३० रन र मुन्ना मेण्डीजले १९ रन वनाए । आयोजकका राकेश दहालले १ विकेट लिए
विराटनगरका प्रभावशाली खेलाडी वीरेन्द्र उत्कृष्ठ व्याष्टमेन, म्यान अफ दी म्याच वनेर पुरस्कृत भए । आयोजकका दिपेश श्रेष्ठ उत्कृष्ठ वलर, आयोजककै रुपेश श्रेष्ठ उदियमान खेलाडी वने । विजेता तथा उपविजेताहरुलाई मोरङ्ग खेलकुद विकास समितिका कोषाध्यक्ष सुजय गौतम, एभरेष्ट बोर्डिङका प्रमुख रविन कन्दङ्वा सहितले पुरस्कार वितरण गरे । जेठ ५ वाट सुरु प्रतियोगितामा १४ टीमको सहभागिता रहेको क्लबका अध्यक्ष अरुण राईले जनाए । एभरेष्ट वोर्डिङका संस्थापक एवम् साहित्यकार तथा वामपन्थी चिन्तक सीएम कन्दङ्वाको स्मृतिमा प्रतियोगिताको आयोजना भएको हो ।