इटहरी / खेलकुद क्षेत्रको हब बन्दै गएको इटहरीमा प्रथम सांसदकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

सुनसरी जिल्ला खेलकुद बिकास समितीले सोमबार बिहान पत्रकार सम्मेलन जनायो । नेपालमै पहिलो पटक आयोजना गरिन लागिएको दाबी गरिएको प्रतियोगिता जेठ १७ गते देखी २० गते सम्म चल्ने छ ।

प्रतियोगिता प्रत्येक दिन सांझ ६ बजे सुरु हुने सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष अनुरोध थापाले बताए । हामीले रात्रीकालिन भलिबल पहिलो चोटी गदै छौ उनले भने । इटहरी स्थित क्षेत्रिय रंगशालाको भलिबल कोर्टमा हुने रात्रीकालिन भलिबल प्रतियोगिताको लागी स्थाइ रुपमा फ्लड लाइट जडान गरिएको थापाले बताए ।

प्रतियोगितामा दुइ बिभागिय टिमहरु नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी प्रदेश नम्बर १, ३, ४ र ५ को सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड र द्धितिय हुने टिमले नगद १ लाख र शिल्ड पाउने छन ।

यस्तै उत्कृष्ट खेलाडीले २४ इञ्चको एलइडी टिभी र बिधागत तर्फ उत्कृट हुनेहरुले जनही ५ हजार पाउने पूर्वाञ्चल भलिबल संघका सचिव लेखनाथ पराजूलीले बताए ।