धरान । काग्रेस नेता एवम नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ लाई पक्राउ गरि मुद्धा चलाएको बिरोधमा नेपाली काङग्रेसले सोमबार धरान,इटहरी र इनरुवामा कोणसभा गरेको छ । काङग्रेसले गुरुङलाई प्रहरीले पुर्वाग्रही ढङगले फसाउन खोजेको आरोप लगाएको छ ।

गुण्डागर्दि गरेको र जर्बजस्ति जग्गा मिचेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय इटहरीले गुरुङलाई पक्राउ गरेको थियो । गुरुङको रिहाइको माग गर्दै नेपाली काङग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

नेपाली काङग्रेसको यो कदमप्रति सामाजिक सञ्जालहरुमा कडा आलोचना समेत भएको छ ।उता प्रहरीले भने कुनैपनि प्रकारको गुण्डागर्दि मान्य नहुने भन्दै राजनैतिक आडमा हुने यस्ता गतिबिधीलाई नियन्त्रण गर्ने बताएको छ ।

१ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजीपी केदार रिजालले राजनैतिक आडमा कानुनले रोक लगाएका कार्य गर्ने जो सुकैलाई कारबाही गर्ने बताएका छन् ।