इपिएस मार्फत् काेरिया जानेकाे काेटा बढ्याे
काठमाडौं । ईपिएस मार्फत कामका लागि दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढेको छ ।
अब २०१९ मा ईपिएस मार्फत १० हजार २०० कामदार कोरियाले लाने कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंहले बताएका छन् ।
सिंहका अनुसार अघिल्लो वर्षको तुलनामा कोटा बढेको हो। २००७ सालबाट शुरु भएको ईपीएस हरेक दुई दुई वर्षमा सम्झौता नवीकरण हुने गरेको छ । यो वर्ष पुनः नेपाल र कोरियाबीच ईपिएसको सम्झौता गरिने उनले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























