इटहरी । नेपालमै पहिलो चोटी इटहरीमा बिहिबारबाट सुरु भएको प्रथम सांसदकप पुरुष राष्ट्रिय डे नाइट भलिबल प्रतियोगितामा नेपाल प्रहरी र शशस्त्र प्रहरीको दुइ बिभागिय टिमले बिजयी सुरुवात गरेको छ । सुनसरी जिल्ला खेदकुद बिकास समितिको अयोजनामा इटहरीको रंगशालामा सुरु भएको प्रतियोगितामा विभागिय टिमले विजयी सुरुवातको थालनी गरेको हो । बिहिबार राती सम्पन्न उद्धघाटन खेलमा शशस्त्र प्रहरीबल एपीएफले प्रदेश नम्बर ५ लाइ र नेपाल पुलिस क्लबले प्रदेश १ लाइ पराजित गर्दै बिजयी सुरुवात गरे । उद्घाटन खेलमा एपीएफले प्रदेश नम्बर ५ लाइ २५–१९, २५–११ र २५–२० को सोझो सेटले पराजित गरेको थियो । प्रदेश ५ लाई शशस्त्रले सहज जित देखायो । यस्तै बिहिबार नै सम्पन्न दोसो्र खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाइ पराजित गरेको छ । प्रहरीले प्रदेश एकलाई २५–१९,२३–२५,२५–१९, २५–२२ ले हराएको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार ४ वटा खेल हुने छन । शुक्रबारको पहिलो खेल नेपाल पुलिस क्लब र प्रदेश नम्बर ३ दोसो्र खेल एपीएफ र प्रदेश नम्बर ४, तेसो्र खेल प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ र अन्तिम खेल प्रदेश ४ र प्रदेश ५ बिच हुने आयोजक संस्थाका अध्यक्ष अनुरोध थापाले वताए । प्रतियोगिता प्रत्येक दिन सांझ ६ बजे सुरु हुने छ । भलिबल प्रतियोगिताको लागी स्थाइ रुपमा फ्लड लाइट जडान गरिएको छ । प्रतियोगितामा दुइ बिभागिय टिमहरु नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी प्रदेश नम्बर १, ३, ४ र ५ को सहभागिता रहेको छ । दुइ समुहमा बिभाजित खेल तालिकामा समुह क मा नेपाल प्रहरी, प्रदेश नम्बर १ र ३ रहेका छन भने समुह ख मा शसस्त्र प्रहरी गरी, प्रदेश नम्बबर ४ र ५ रहेका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड र द्धितिय हुने टिमले नगद १ लाख र शिल्ड पाउने छन । यस्तै उत्कृष्ट खेलाडीले २४ इञ्चको एलइडी टिभी र बिधागत तर्फ उत्कृट हुनेहरुले जनही ५ हजार पाउने पूर्वाञ्चल भलिबल संघका सदस्य एवंम प्रचार प्रसार संयोजक बिक्रम थापालले वताए ।