-
Home
-
खेलकुद
-
जिदानले रियल मड्रिड छाडे, अब राेनाल्डाेले पनि छाड्लान् ?
जिदानले रियल मड्रिड छाडे, अब राेनाल्डाेले पनि छाड्लान् ?
उनी जसरी आएका थिए, त्यसरी नै विदा भए । र, उनले साढे २ वर्ष सम्मानका साथ विताए ।
लगातार तेस्रो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको पाँच दिनपछि प्रशिक्षक जिनेदिने जिदानले रियल मड्रिड छाडेको घोषणा गरेका हुन् । सान्टिएगो बेर्नाबाउका मालिक फ्लोरेन्टिनो पेरेज यो निर्णयले स्तब्ध थिए । अब उनी सामू फ्रेन्चम्याननको सक्सेसर छिटो खोज्नु पर्ने दबाव पनि थपिएको छ ।
स्पेनिस मिडिया पनि चकित थिए । मार्काको वेबसाइटले भनेको छ कि यो जिदानको राजीनामाको समाचारले रियल मड्रिडको ड्रेसिङ रुम बमले झै हिर्काएको छ । हो, जिदानको रानीनामाको समाचार रियल मडि्रडका अध्यक्ष पेरेजका लागि अप्रत्यासित थियो । पत्रकार सम्मेलनमा जिदानको छेउमा बसेका उनको अनुहारमा यो प्रष्ट झक्लिन्थ्यो ।
जिदानले अघिल्लो दिन मात्र आफूलाई क्लब छाड्ने निर्णय सुनाएको उनले बताए । यसबारे जिदानले खेलाडीहरु मध्ये कप्तान सर्जिओ रामोसलाई मात्र भनेका थिए ।
जिदानले भने अस्वभाविक तर, प्रशंसनीय रुपमा क्लब छाड्नुको कारण दिएका छन् कि अर्को वर्ष पनि कसरी उपाधि जित्ने भनेर रियल मडि्रड प्रष्ट हुन हो । साथै उनले प्रष्ट भनेका छन्, क्लबले अब नयाँ शैली र उपाय अपनाउनुपर्छ ।
उनले कहिले क्लब छाड्ने निर्णयमा पुगे केही बताएनन् । तर, रियलको प्रशिक्षकका रुपमा सबैभन्दा खराब क्षण कोपा डेल रेबाट बाहिरिनु भनेर संकेत गरेका छन् ।
पत्रकार सम्मेलनमा उनलाई अन्तिम प्रश्न थियो, उसो भए च्याम्पियन्स लिगको उपाधिमा हृयाटि्रक गरेपछि क्लब छाड्ने सही समय लाग्यो ? जिदान मुस्कुराए र भने, शायद, शायद, होला ।
जिदानले त छाडे । अब उनी कता जान्छन् भन्नेसँगै रियल मडि्रडको सम्भावित प्रशिक्षक को भन्ने चासो पनि उत्तिकै छ । रियलको पहिलो विकल्पका रुपमा टोटनहृयामका प्रशिक्षक माउरिसिओ पोकेटिनोलाई हेरिएको छ ।
यसका साथै ग्यारेथ बल र क्रिष्टियानो रोनाल्डाले रियल मड्रिड छाड्ने र नेइमार आउने चर्चा पनि त्यतिकै छ । यद्यपि यसबारे अहिले केही भन्न मुस्किल छ ।