धनकुटा/– रोटरी क्लब अफ इटहरी र रोट्याक्ट क्लब अफ इटहरीले धनकुटाको पाख्रिबासमा आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ८ लाख रुपैया बराबरको निःशुल्क औषधी बितरण गरेको छ ।क्लबले पाख्रिवासको जालपा देवी माध्यामिक विद्यालयको प्राङ्गगणमा बृहत निःशुल्क स्वास्थ्य सिबिर आयोजना गरी निःसुल्क औषधी बितरण गरेको हो ।
सिबिरमा उपचारका लागि आएका सर्बसाधारणलाइ पाँचलाख र स्थानिय स्वास्थ्य चौकीलाइ तिन लाख रुपैया बराबरको बिभिन्न रोगविरुद्ध खुवाईने औसधी बितरण गरीएको वताइएको छ । सो शिबिरमा १ हजार, २ सय, ७० जना बिरामीले स्वास्थ्य सेवा लिएको वृहत स्वास्थ्य शिविरका संयोजक कृष्णराज श्रेष्ठले ब्लाष्टलाई जानकारी दिएका छन् ।
स्वास्थ्य सिबिरमा सबै भन्दा बढि आँखा, हाडजोड्नी, मुटु तथा गाइनोका बिरामी आएका थिए । जेठ १७ गते देखि दुइ दिन सम्म चलेको सो सिबिरमा नोबेल मेडीकल कलेज विराटनगरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा नोवेल मेडिकल कलेजका १३ जना विभिन्न सेक्टरका डक्टर र अन्य १४ जना स्वास्थ्य चिकित्शकहरुले विरामीलाई सेवा दिएका थिए ।
शिविरमा आँखा परिक्षण तथा उपचार, शल्यकृया, छाला तथा यौन रोग, जेनेरल मेििसन तथा मुटु रोग, हाड जोर्नी सेवा, नाक कान तथा घाँटी, प्रशुती, मानसिक, बालरोग, ई.सि.जि., अल्ट्रासाउण्ड, ब्लड टेष्ट तथा रगत जाँच गरिएको थियो । पाख्रीवास नगरपालिकाका प्रमुख वृषवहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न शिविर समापन कार्यक्रममा नोवेल मेडिकल कलेजका व्यावस्थापक नारयण दाहाल, उधोगवाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, जिल्ला समन्वय समितिका सदस्य डागमकुमार राई लगायतले दुई दिने शिविर फललायी भएको धारणा राखेका थिए ।
उनीहरुले आगामी दिनमा पनि यस्ताखाले शिविरको निरन्तरताको लागी आयोजक संस्थाहरुलाई आग्रह समेत गरेका थिए । शिविरमा उपचारमा खटिएका डाक्टर, नर्स र अन्य स्वास्थ्य चिकित्सकहरुका लागी पाख्रीवास नगरपालिकाले खाना वस्नको लागी सहयोग गरेको थियो । शिविरमा नोवेल मेडिकल कलेज विराटनगर, धनकुटा उद्योग बाणिज्य संघ,जालपा देवी माध्यामिक विद्यालय, र पाख्रिवास नगरपालिकाले सहयोग गरेको थियो । शिविर समापन कार्यक्रमको अध्यक्षता रोटरी क्लव इटहरीका अध्यक्ष दिपेन्द्र गौतमले गरेका थिए ।