इटहरी । उमेर समुह अन्तर्गत फुटबलकाे राष्टिय महिला टिम छनौटका लागी पूर्वाञ्चलबाट ४५ जना खेलाडी छनौट भएका छन । पूर्वाञ्चलका १० जिल्लाबाट छनौट भएर आएका १५० खेलाडी मध्येबाट अण्डर १५ का लागी २१ जना र अण्डर १८ का लागी २४ जना खेलाडी छनौट गरिएको हो । अखिल नेपाल फूटबल संघ एन्फाको निर्देशन अनुसार पूर्वाञ्चल छनौट इटहरीमा गर्ने कार्यतालिका अनुसार अण्डर १५ र अण्डर १८ उमेर समुहका खेलाडी आइतबार छनौट गरिएको एन्फा सुनसरी अध्यक्ष एवंम छनौट समितीका संयोजक केशव कार्कीले जनाए । आइतबार गरिएको छनौट अनुसार अण्डर १५ का लागी सुनसरीबाट र धनकुटाबाट ७–७ जना, मोरङ र धनकुटाबाट ३–३ जना र ताप्लेजुङबाट १ जना खेलाडी छनौट भएको छनौट समितीका सदस्य एवंम एन्फा सुनसरीका कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए । यस्तै अण्डर १८ उमेर समुहका लागी झापाबाट ७ जना, सुनसरीबाट ६ जना मोरङबाट ५ जना, उदयपुरबाट ३ जना खेलाडीले स्थान बनाउन सफल भएका छन ।