इटहरी /शशस्त्र प्रहरीको एपीएफ क्लबले इटहरीमा सम्पन्न प्रथम सांसदकप पुरुष राष्ट्रिय रात्रीकालिन भलिबल प्रतियोगिताको उपाधी जितेको छ । जिल्ला खेलकुद विकाससमितिको आयोजनामा इटहरी स्थित क्षेत्रिय रंगशालामा शनिबार राती १० बजे सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै शशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधी संगै नगद २ लाख हात पारेको हो ।

उपबिजेता नेपाल पुलिस क्लबले नगद १ लाख रुपैयामा चिक्त बुझाएको छ । प्रतिष्पर्धात्मक खेलमा एपीएफले नेपाल पुलिसलाई २४–२६, २५–१३, २५–१६ र २५–१८ ले पराजित गरेको हो । पहिलो सेटको रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले जितेपनि बाँकी सेटहरुमा लगातार पराजित भएपछी नजिता एपीएफको पक्षमा परेको हो ।बिद्यागत पुरस्ककार तर्फ पनि एपीएफकै बर्चश्व रह्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफका लक्ष्मण राणा घोषित हुदै २४ इञ्चको एलइडी टिभी पाए । यस्तै शशस्त्रकै लोकेन्द्र गिरी उत्कृष्ट सेटर, सञ्जु बिक्रम शाह एत्कृष्ट स्पाइकर, महेन्द्र श्रेष्ठ उत्कृष्ट क्विकर, मिलन मल्ल उत्कृष्ट ब्लकर र नेपाल पुलिस क्लबका भिम मगर उत्कृष्ट लिब्रो घोषित भए । उनीहरु सबैले जनही ५–५ हजार नगद पुरस्कार पाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले वताए ।

थापाले भने प्रतियोगिता सोचे भन्दा राम्रो भयो । बिजेता तथा उपबिजेता टिमहरुलाइ राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गदै इटहरीलाई खेलकुदको सिटि बनाउँन आफुहरु लागी परेको वताए ।

भलिवल खेल पछिल्लो समयमा जनताको रोजाई हुदै गएको भन्दै उनले आगमी दिनमा पनि भलिबलको विकासमा राष्ट्रिय खेलकुद परिषद लाग्ने उनको भनाई थियो । नेपालमै पहिलो पटक आयोजना गरिएको प्रथम रात्रीकालिन भलिबल प्रतियोगितामा दुइ बिभागिय टिम सहित प्रदेश १, ३, ४ र ५ गरी जम्मा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता जेठ १७ गते देखी सुरु भएको थियो ।