पथरी । मोरङको कानेपोखरी गाउँपालिका–४ स्थीत बयरवन बजारको आगालागी पीडितलाई फुटबल खेलाडीहरुले सहयोग गरेका छन् । बुधबार एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राई मार्फत पीडितको घरमै गएर रु १३ हजार बराबरको बिभिन्न सामानहरु खरिद गरी दिएका थिए । वडा नम्बर ४ का फुटबल खेलाडीहरुले मंगलबार सम्पन्न गाउँपालिका अध्यक्ष कपमा दोस्रो पुरस्कार नगद २५ हजार पाएका थिए । दोस्रो पुरस्कार पाएका खेलाडीहरुले आगालागी पीडित बिनोद बिष्टको परिवारलाई आधा रकम बराबरको सरसामानहरु खरिद गरी वितरण गरेका थिए । उनीहरुले डसना २ थान,ब्लाङकेट २ थान,तन्ना २ थान,सिरानी २ थान,चामल ५० केजी,तेल ५ लिटर,कुकर १ थान,झुल ३ थान,बाल्टी १ थान, थाल ६ थान, पन्यु र डारु १,१ थान , दाल २ केजी र त्रिपाल १ थान गरी १३ हजार बरावरको सामान दिएको विष्णु सुब्बाले बताए । वितरण कार्यक्रममा वडा सदस्य शिव दुलाल, साउनी माझी लगाएत उपस्थीत भएका थिए । गत विहिबार बिनोद बिष्टको घर लगाएको लुगा बाहेक सवै धनमाल जलेर नष्ट भएको थियो । घर जल्दा २१ लख ११ हजार बराबरको क्षती भएको छ । काठको दुई तले,टिनको छाँनो,घर देखि गाँसिएको गोठ सबै जलेर खरानी भएको थियो ।