पानवारी । पूर्वी नेपालको पर्यटन उद्योगको प्रबद्र्धन गर्ने उदेश्यले धरानमा तीन दिने इष्ट टुरिजम मार्ट सुरु भएको छ ।
पर्यटकहरुलाई प्रदेश नं. १ का विभिन्न पर्यटकिय क्षेत्रका बारेमा जानकारी दिनका लागी पर्यटन बोर्डले आयोजना गरेको तीन दिने इष्ट टुरिजम मार्ट बिहीबारदेखि धरानमा शुरु गरेको छ । भारत, भुटान, बंगलादेश र चीनका पर्यटकहरुलाई लक्षित गरेर आयोजना गरिएको मार्टको मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गरेका छन् ।
एक नं. प्रदेशलाई समृद्धिको बाटोमा लैजान मार्टले ठूलो भूमिका खेल्ने मुख्य मन्त्री राईले बताए । धरानको सैनिक भवनमा भईरहेको इष्ट टुरिजम मार्टमा पूर्वका प्रमुख गन्तव्यहरु सगरमाथा बेस क्याम्प, हलेसी, बराह क्षेत्र, सखडा, छिन्नमस्ता, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्षण, प्राचिन हरिद्वार बराहक्षेत्र, एतिहासिक विजयपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथिभारा लगायतका क्षेत्रलाई प्रबद्र्धन गर्न सोही ठाउँका पर्यटन व्यवसायीहरु आएका छन् ।
टुरिजम मार्टमा छिमेकी भारतको विहार, पूर्णिमा, कटियार, किशनगञ्ज, पट्ना, सिलुगरी, सिक्कीम, भुटानको जयगाउँबाट पर्यटन व्यवसायीहरु प्रदेश नं. १ का गन्तव्यहरुबारे जानकारी लिन आएका छन् । भारतबाट आएका पश्चिम बंगालका पर्यटन विज्ञ बासु शशीले पूर्वी नेपालको पर्यटन भारतको हिमाञ्चल प्रदेशको भन्दा राम्रो सम्भावना रहेको बताए । उनले पर्यटन सर्किटको अवधारणा बनाएर अघि बढे भारतको भन्दा प्रचुर सम्भावना रहेको बताए । उनले मुख्यमन्त्रीलाई सुझाव दिदै भने ‘पूर्वमा माउण्टेन बाइकको सर्किट, हिमालयन ट्रेकिङको सर्किट, एडभेन्चर टुरिजम सर्किट, फोर ह्विल ड्राइभ सर्किट जस्ता सर्किट बनाएर एउटै ब्रोसरमा ति सर्किट बनाएर प्रचार ग¥यो भने जम्बुकाश्मिरदेखि अरुणाञ्चलसम्म भएको जस्तो पर्यटन नेपालको प्रदेश एकमा नै हुन्छ ।’
कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी, उद्योग, कृषी, वन तथा वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसियतले प्रदेश सरकारले पर्यटनलाई प्रमुख प्राथमिकता बनाएर काम थालेको बताएका थिए । मार्टमा पर्यटन किन्ने र बेच्ने गरि ८० जना पर्यटन व्यवसायीहरुको संगठनबाट उपस्थिति रहेको जानकारी दिइएको थियो । सिक्किम दार्जेलिङ, चीन, काठमाण्डौलगायतका स्थानमा प्याकेज बेचिरहेका व्यवसायीहरुलाई पूर्वको पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएर उनीहरुले बेचिरहेका स्थानबाट पर्यटकहरुलाई प्रदेश नं. १ मा ल्याउने आयोजकको लक्ष्य रहेको कार्यक्रममा बताइएको थियो । शुक्रबार १४ जिल्लाका पर्यटन व्यवसायीहरुले आफ्ना गन्तव्य क्षेत्रबारे छिमेकी राष्ट्रका व्यवसयाीहरुलाई विजनिस टु विजनिस पोलिसी अन्तर्गत जानकारी गराउने कार्यक्रम रहेको इष्ट टुरिजम मार्टका सचिवालयका पर्यटनकर्मी कृष्ण शाहले जानकारी दिए ।