विर्तामाेड/ बिश्वकपबाट नेपाली फुटबल खेलाडीले धेरै कुरा सिक्न सक्छन् । फुटबल कौशल सिक्नका लागि बिश्वकपका हरेक मुभहरु हेर्नु हाम्रो लागि अनिवार्य छ । यसकारण पनि फुटबलको महाकुम्भ बिश्वकप हाम्रो लागि महत्वपुर्ण हो ।देशको कुरा गर्दा मलाई स्पेन मन पर्छ । स्पेनको खेल कौशल र सट पास मेरो सबैभन्दा धेरै मन पर्ने पक्ष हो ।
तर यो पटक रुसमा हुन लागेको बिश्वकप फुटबलको उपाधि फ्रान्सले जित्न सक्ने अनुमान मेरो छ । दुइबर्ष अघि भएको युरोकपमा देखाएको प्रस्तुती कायम राख्न सके फ्रान्सले उपाधि जित्नेमा म ढुक्क छु । फ्रान्स अहिले फर्ममा छ । उसको टीम पनि बलियो छ । मेरो आइडल प्लेयर फ्रान्सका ग्रिज मेन हुन् । नेपाली फुटबलमा २०१४ देखि लगातार म राष्ट्रिय टीममा पर्न सफल भएको छु । क्लब फुटबलमा चै मनाङ्ग मस्र्याङदी क्लबबाट खेल्दै आएको छु ।
लगभग १८ वटा अन्तराष्ट्रिय खेलमा मैले ३ गोल गरेको छु । मैले माल्दिभ्स, लाओस र फिलिपिन्स बिरुद्ध गोल गरेको थिए । अब साफ गेमको अभ्यासका लागि काठमाण्डौ जानु पर्ने भएको छ । साथीहरुसँग काठमाण्डौमा नै फुटबल हेर्छु । यो बिश्वकपले नेपाली खेलाडीको खेल कौशलमा बृद्धि गर्ने कुरामा म आशावादी छु । सबैभन्दा धेरै दर्शकले मन पराउने खेल भएका कारण पनि फुटबलको चर्चा अपेक्षित रुपमा भएको हो भन्ने मेरो ठहर छ ।