रंगेली /नेपाल कम्युष्टि पार्टि(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै कसैले नियत बस संघियतालाई असफल बनाउन खोज्यो भन्नु अनुचित हुने बताएका छन । आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीहरु संघ कुरा गर्दै अध्यक्ष प्रचण्डले संघियताको नयाँ अभ्यासमा भएकोले केहि जटिलता देखिएको हो तर असफलै बनाउन खोजीएको भन्नुको औचित्य नभएको बताएका छन् ।संघियता नयाँ अभ्यास भएकोले विस्तार सबै विषय मिलेर जाने उनको जिकिर थियो । उनले २ नम्बर प्रदेशको सरकार परिवर्तन गर्ने कुनै योजना नभएको प्रष्ट पर्दै भने सरकार गिराउने र बनाउने खेलमा नरहेको बताएका छन् । नेपालमा स्थिर सरकार बनेको छ उनले भने यो सरकारको ध्यान विकास निर्माण र समृद्धि आर्जनमा केद्रित रहेको जिकिर गरे । प्रचण्ड पाच वर्षमा राष्ट्रपति बन्ने कुराएको छ नि ? भन्ने संचार कर्मिको प्रश्नमा उनले भने अहिले यो चर्चाको विषय होइन । अहिले देशलाई समृद्ध बनाउने बेला छ । त्यो विषयमा त्यति बेलै चर्चा गर्नु उपयुक्त हुने बताए । उनले सत्य निरुपाण तथा मेल मिलाप आयोगले सोचे अनुसराको काम गर्न नसकेको स्विकार्दै सरकारले फेरी समय थपरे काम अगाडी बढाउने बताए ।