मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा रहेको टाँडी माध्यमिक विद्यालय लाई शैक्षिक कार्यमा सहयोग पु¥याउने उद्धेश्यले प्रोजेक्टर सहयोग प्राप्त भएको छ । मम् फाउण्डेशन नेपाल काठमाण्डौको अध्यक्ष पेमा सेर्पाले आज (आइतबार) विद्यालयमै गएर प्रोजेक्टर हस्तान्तरण गर्नु भएको हो ।
साथै विद्यार्थीहरुलाई पढाईका अतिरिक्त खेलकुद विकाशमा समेत सहयो पुुर्याउने यद्धेस्यले २ थान फुटबल र १ थान भलिबल समेत हस्तान्तरण गर्नु भयो । साथै सेर्पाले सो विद्यालयलाई आगामी बर्ष अभिभावक दिवसको अवसर पारेर राम्रो अक्षर, मेहनी विद्याथी, अनुशाशित विद्यार्थी र उत्कृष्ठ शिक्षकहरुलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने प्रतिबद्धता समेत व्याक्त गर्नु भयो ।
विद्यालय परिसरम भएको औपचारिक कार्यक्रममा मिक्लाजुङ वडा नं. १ का वडाध्यक्ष नरबहादुर राईले मिक्लाजुङ गाउँपालिकाकै सबै भन्दा दुर्गम वडा वडा नं. १ भएकाले सहयो गर्ने दातालई सहयोगका लागी धन्यवाद दिर्दै थप यस प्रकारका सहयोगको समेत अपेक्षा व्याक्त गर्नु भयो । कार्यक्रमा समजसेवी युवा बबिकुमार राई , विशाल राईको उपस्थिती रहेको थियो कार्यक्रममा वि.व्य.स. अध्यक्ष भावानी राईको सभापतित्वमा सम्पन्न भएको थियो । सो विद्यालय मिक्लाजुङ गाउँपालिका वडा नं. १ को एक मात्र माध्यमिक तह पढाई हुने विद्यालय हो । यस विद्यालयमा कुल ३३० छात्र, छात्रा अध्ययनरत रहको विद्यालयका प्र.अ. अमृत कुमार राईले जानकारी दिनु भयो ।