विराटनगर । काठमाडौंमा सोमबार देखी सुरु हुने अन्डर १८ ललित स्मृति युथ फुटबल प्रतियोगिता खेल्न जाने मोरङ फुटबल क्लबका खेलाडीहरुलाई १ लाख ६० हजार मुल्य बरावरको खेल सामाग्री प्रदान गरिएको छ । विराट सांग्रीला स्पोर्टिङ क्बलले सहयोगी भुमिका निभार्ह गरी हाइलाइफ सुज एण्ड स्लिपर विराटनगरले खेलाडीहरुलाई आइतबार विराटनगरमा एक कार्यक्रमको बिच जर्सी, जुत्ता, बल लगायतका सेट सामाग्री उपलब्ध गराएको हो । उक्त सेटमा ४० थान जर्सी, २२ जोर जुत्ता, ५ वटा बललगायत रहेको छ । प्रतियोगिता अन्र्तगत समूह बी मा रहेको मोरङको टोलीले पहिलो खेल असार १० गते विभागिय टोली नेपाल पुलिस क्लबसंग प्रतिस्प्र्धा गर्नेछ । त्यसैगरि दोश्रो खेलमा १२ गते काठमाडौंको व्रिगेड ब्वाई र १४ गते जाउलाखेल फुटबब क्लबको सामना गर्नेछ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रतियोगितामा सहभागि टोलीलाई शुभकामना दिए । उनले खेलकुदको विकास विद्यालयस्तरबाट गरिनु पर्नेमा जोड दिए । खेलकुदका लागि महानगरपालिका सहयोग गर्नका लागि तयार रहेको उनको भनाई थियो । क्लबका प्रशिक्षक पारस चौधरीले टोली जुजारु युवा खेलाडीहरु रहेको उपाधी जित्नेमा ठुक्का रहेको बताए । उनले उपाधि हात पार्ने लक्ष्यसाथ तयारी गरिरहेको भन्दै विगतको नतिजा भन्दा फरक नतिजा आउने बताए । यसअघिको दुइ संस्करणमा टोली सेमीफाइनलबाट बाहिरिएको थियो । यसपटक टोलीको कप्तानीको जिम्मेवारी उर्लाबारीका सूर्य क्षेत्रीले वहन गरेका छन् । उनी क्लबको पहिलो रोजाईको गोलकिपर हुन् । कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल, पूर्व अध्यक्ष सन्तोष बानिया, पूर्व अध्यक्ष शिवभक्त जोशी, एन्फाका कार्यालय तथा कर्मचारी ब्यवस्थापन मस्यौदा विनिमय समितिका सदस्य बसन्त अर्याल, हाइलाइफका कार्यकारी निर्देशक बिकास चौधरी, विराट सांग्रीला स्पोर्टिङ क्बलका अध्यक्ष तथा स्पार्क नेचुरोप्याथी अस्पतालका प्रमुख रुपेश अधिकारी, फुटबल पदाधिकारी दिपक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।