शनिश्चरे । मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा जारी तेस्रो किर्तिपुर गोेल्डकप फुटबलको तेस्रो दिनको खेलमा धरान फेन क्लब विजयी भई सेमीफाइनलमा प्रवेश पाएको छ ।

प्रभात सामुदायिक युवा क्लवको आयोजना रहेको प्रतियोगिताको आइतवारको खेलमा पथरी ११ फुटवल क्लवलाई २(० गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलको यात्रा तय गरेको हो । धरानको जितका लागि मिलन राइले खेलको पूर्वाद्र्धको १० औं र १४ औं मिनेटमा गोल गरेका थिए ।

निक्कै घम्साघम्सी भएको खेलको उत्तराद्र्धमा खेल सकिन छ मिनेट बाँकी छँदा पथरीका कप्तान मीन धिमालले प्रहार गरेको प्रहार गोल पोस्टको नजिकबाट बाहिरिएको थियो भने खेलको अन्तिम मिनेटमा पथरीकै सुवास तामाङको प्रहार गोल पोस्टमा लागेर बाहिरिएको थियो ।

आफ्नो टिमलाई जिताउने धरानका मिलन राई नै खेलको म्यानअफ दी म्याच घोषित भए । सोमवारको पहिलो चरणको अन्तिम खेल एकता क्लब बिराटचोक मोरङ र न्यु स्टार क्लब चारआली झापाबीच हुने आयोजकले जनाएको छ ।

पूर्वका ८ वटा टिम सहभागि रहेको प्रतियोगिताको असार १ गते फाइनल हुने छ । प्रतियोगिताको विजेताले १ लाख रुपयाँ र ट्रफी र उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।