धनकुटा ।धनकुटाका शिक्षा प्रेमी समाजसेवी राजनारयण श्रेष्ठको स्मृतिमा आयोजित पाँचौं संस्करणको प्रथम राष्ट्रिय स्तरको व्याडमिटन प्रतियोगिता धनकुटामा आइतवार सम्पन्न भएको छ । नेपाल व्याडमिटन संघका केन्द्रिय अध्यक्ष रामजी वहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न ४ वटा इभेन्ट अन्तरगतको व्याडमिटन प्रतियोगिताको समापन समारोहमा विजेता खेलाडीहरुलाई पुरस्कार, मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । सो अवसरमा मेन्स डवल तर्फ प्रथम हुने धरानका सुजन श्रेष्ठ र रविन साउदेनको जोडिले धरान कै सुर्य श्रेष्ठ र धनवहादुर लिम्वुको जोडीलाई २१–१६, २१–१० को सोझो सेटमा पराजित गर्दै प्रथम उपाधी जित्न सफल भएका थिए । जितसंगै श्रेष्ठ र साउदेनको जोडीले नगद ४० हजार, मेडल, ट्रफी र प्रमाण हात पार्न सफल भएका थिए । सो प्रतियोगितामा सुर्य र धनवहादुरको जोडी द्धितिय भएको थियो । त्यसैगरी सप्तरीका विष्णु कट्वाल र सन्तोष कट्वाल, झापाका प्रकास राई र सुदेन राईको जोडी तृतिय भएका थिए । त्यसैगरी भेट्रान्स डवल तर्फ धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधानको जोडिले २१–११, ३–१ अन्तरले दिपक लामा र श्याम रानाको जोडीलाई पराजित गर्दै प्रगम हुन सफल भएको थियो । सो प्रतियोगितामा श्याम राना दोश्रो सेटको खलामा खेल्दा खेल्दै घाईते भएपछि ३–१ को अन्तर मै वाकओभर दिइएको थियो । प्रथम हुने योगेश्वर र किरणको जोडीले नगद २५ हजार सहित, मेडल, ट्रफी र प्रमाण पत्र हात पार्न सफल भएको थियो । वाकओभर पाए पछि दिपक लामा र श्याम रानाको जोडी दोश्रो भएको थियो । त्यसैगरी सुनसरीका सुरेस नेयङ र प्रेम श्रेष्ठ, धनवहादुर लिम्वु र मदन लिम्वुको जोडीले तेश्रो स्थानको जित हासिल गरेका थिए । त्यसैगरी मिक्स डवल तर्फ धनकुटाका किरण प्रधान र अरुणा तामाङका जोडिले सुनसरीका सुरेश नेयङ, खोटाङकी सुजता राईको जोडिलाई २२–२१, १९–२१ र २१–१४ को सेटमा पराजित गरेका थिए । मिक्स डवल तर्फ प्रथम पुरस्कार १५ हजार, नगद सहित किरण र अरुणाको जोडिले ट्रफी, मेडल र प्रमाण पत्र हात पार्न सफल भएका थिए । सुरेश र सुजताको जोडी दोश्रो भएका थिए भने दिपक लामा र गिता राई धनकटा, धनवहादुर लिम्वु धरान र मोरङ्गकी निता लम्साल तृतिय भएका थिए । त्यसैगरी अन्डर सेभेन्टीन ब्वाइज ग्रुपको प्रतियोगितामा धरानका सत्यम सुव्वाले विराट व्याडमिटन क्लव मोरङ्गका उज्वल पोखरेललाई २१–१७,२१–१७ सोझो सेटमा पराजित गर्दै प्रथम हुन सफल भएको थिए । पोखरेलले दोश्रो स्थानमा चित्त वुझाउनु परेको थियो भने प्रथम हुने सुव्वाले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको थिए । त्यसैगरी उदयपुरका सरोज खवास र धरानका प्रियन्जन सुव्वा तृतिय भएको थिए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि रामजी वहादुर श्रेष्ठ, चन्द्रशेखर लामा, स्व.राजनारयण श्रेष्ठका धर्मपत्नी सरिता श्रेष्ठ, भाई राजेशनारयण श्रेष्ठ लगायतले पुस्कार, प्रमाण र मेडल प्रदान गरेका थिए । राजनारयण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष नविनकिशोर शाक्यको अध्यक्षतमा सम्पन्न तिन दिने प्रतियोगिताको समापन समारोहमा कार्यक्रमका विशेष अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, नेपाल व्याडमिटन संघका केन्द्रिय अध्यक्ष चन्द्रशेखर लामा, प्रतियोगिताको निर्णायकहरु रकम लिम्वु, देवेन्द्र खड्का, पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, अमर सेवा समाज वहुउदेश्य भवन धरानका संयोजक गणेश खड्का,सदस्य मणी राई, सुनसरी जिल्ला व्याडमिटन संघका अध्यक्ष रत्न रिमाल लगायतले पहिलो पटक आयोजना गरिएको व्याडमिटन प्रतियोगिताले राष्टिय स्तरको पहिचान स्थापित गर्न सफल भएको भन्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन वाल संसार आविशिय माविका शिक्षक दिनेश अधिकारीले गरेका थिए । तिन दिनसम्म संचालन भएको प्रतियोगितामा मेन्स डवल तर्फ २३ टिम, भेट्रान्स डवल तर्फ १५ टिम, मिक्स डवल मा १६ टिम र अन्डर सेभेन्टिनमा १६ टिमले भाग लिएका थिए । खेलाडीहरु सुनसरी, मोरङ्ग, झापा, उदयपुर, खोटाङ, भोजपुर, संखुवासभा, भोजपुर र सप्तरी जिल्लवाट सहभागी भएका थिए ।