विनय श्रेष्ठ, गोलकिपर, संकटा क्लब काठमाडौ

वल्र्डकप २०१८ स्पेनले जित्नेमा म आशावादी छु । स्पेन मेरो फेबरेट टिम पनि हो । अहिलेको मोर्डन फुटबलमा अन्य देशको तुलनामा स्पेनका क्लबहरु धेरै माथि छन् । पछिल्लो समयको च्याम्पियन्स लिगको इतिहास हेर्ने हो भने पनि स्पेनका क्लबहरुको दबदबा नै छ ।

स्पेनको टोली अहिले उत्कृष्ट फर्ममा छ । स्पेनका गोलकिपर डेभिट डेगा मेरो मनपर्ने खेलाडी हुन् । डिगियाले म्यानचेस्टर युनाइटेडबाट पनि उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । स्पेनको बार्सिलोना जो फुटबलमा टिकि टाकाबाट चर्चित छ । स्पेनको आक्रमक खेल मलाई अत्याधिक मनपर्छ । स्पेनमा कोष्टा, इस्को जस्ता भरपर्दा स्ट्राइकर छन् । त्यस्तै मिडफिल्डमा पनि इनिएस्टा, बुस्केट जस्ता स्ट्राइकिङ क्षमता भएका खेलाडीहरु छन् । त्यसैले पनि स्पेनले उपाधी रक्षा गर्छ भन्ने मेरो आशा छ ।

स्पेनको टोलीमा विंगर चाही अलि कमजोर छ । यसले गर्दा टिमको तालमेलमा समस्या होला की भन्ने हो । नत्र सबै फिट छ । डिफेन्समा पनि सर्जियो रामोस्,जेरार्ड पिके जस्ता उत्कृष्ट खेलाडी छन् । विश्वकै उत्कृष्ट खेखेलाडी रोनाल्डो र मेस्सी लालिगामा नै फुटबल खेल्छन् यसले पनि स्पेनको हैसियत प्रष्ट हुन्छ ।

विनय श्रेष्ठ करिब एक दशकदेखि नेपालको ए डिभिजन खेलिरहेका छन् । २०६६ सालदेखि संकटा क्लब काठमाडौबाट एडिभिजन खेल्न थालेका उनी राम्रो गोलकिपर हुन् । उनको जन्मथलो धरान हो । उनी मोफसलमा हुने विभिन्न प्रतियोगितामा सहभागी भएर उपाधि जित्ने टोलीको सदस्य समेत भएका छन् ।