इटहरी । बिहिबार राती रुसमा प्रत्येक चार बर्षमा हुने बिश्वकप फुटबलको भब्य तयारी भैरहेको बेला सुनसरीको इटहरीमा भने ब्राजिल र अर्जेनटिना समर्थक बिच मैत्रीपूर्ण फुटबल भयो । अर्जेनटिनाका समर्थकहरुले ब्राजिललाई १–२ गोल अन्तरले हराएका थिए । खेलमा अर्जेनटिनाका समर्थक प्याब्सन सुनसरी अध्यक्ष समेत रहेका सुमित थापाले खेलको १९ औ मिनेटमा गोल गरेर आफ्नो टिमलाइ अगाडी बढाए । थापाले फ्रीकिक मार्फत उत्कृष्ट गोल गरे । त्यसको ५ मिनेट बित्न नपाउदै स्मित तामाङले १ गोल गरे । २–० ले पछी परेको ब्राजिल समर्थकका तर्फबाट दीपेन न्यौपानेले सान्तवना १ गोल गरेका थिए । सामाजिक सञ्चाल मार्फत रिपोर्टस क्लब र युथ फर सोसियलले आयोजना आहन गरेको प्रतियोगिता निकै रोमाञ्चक हुन पुग्यो । समर्थकहरु मन पर्ने देशको जर्सी लगाएर आएका थिए । मैत्रीपूर्ण खेल हेर्ने आएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापा भन्दै थिए,म पनि अर्जेनटिनाको समर्थक हुँ यहाँ त जितियो उहाँ के हुन्छ । अर्जेनटिनाको समर्थनका खेलेका पत्रकार विकल रेग्मी भन्दै थिए ६ सय रुपैयाँमा किनेको जर्सी लगाएर खेले पछि जिति हालिन्छ नी । ब्राजिलको समर्थक टिमको क्याप्टेन पत्रकार अर्जुन सुबेदीले गरे । सुनसरीका चर्चित विद्यार्थी नेता जिबि गजल ब्राजिलले हारे पछि मनखुम्च्याउँदै ग्राउण्ड बाहिर निश्किए । ब्राजिल हारे पछि यहाँ हारि पनि उहाँ जितिन्छ हास्दै गजलले भने । प्रतियोगिताले दुवै टिमका समर्थक बिच सद्भाव कायम राख्ने रिपोर्टस क्लबका सुनसरी अध्यक्ष धुब्र ढकाल र युथ फर सोसियलका अध्यक्ष मनोज भुजेलले बताए । प्रतियागिताका रेफ्री कोवित कार्कीले गरेका थिए । तस्विरः छ