जेसीबी बोकेको ट्रक सप्तकोशीमा दुर्घटना
इटहरी/ पश्चिमबाट पूर्वको इटहरी आउँदै गरेको मालवाहक ट्रक कोशी व्यारेजस्थित सप्तकोशी नदीमा दुर्घटना भएको छ ।
जेसीबी बोकेर इटहरीतर्फ आइरहेको ट्रक कोशी व्यारेजको १९ र २० नम्बर ढोका बीचमा दुर्घटना भएको हो । दुर्घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नारायण चिमरियाले जानकारी दिए ।
दुर्घटनामा परेका २ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । विस्तृत विवरण आउन बाँकी छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































