मधुमल्ला ब्लाष्ट । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ साखरेका स्थानिय बासीले वडाध्यक्ष गौरी प्रसाद राईले आफ्नो निजी स्वार्थ पुरागर्ने उद्धेश्यले अपायक पर्ने ठाउँमा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै स्थनीयले सो कार्यका विरुद्ध संर्घस समिति गठन गरेका छन । पुर्ण कुमार राईको अध्यक्षतामा गठित समिति ५५ सदस्यिय रहेको छ । राज्य पुन संरचना आयोगले साविक टाँडी गा.वि.स. को वडा नं. १, ६ र ७ लाई मिलाई मिक्लाजुङ गाउँपालिका वडा नं. २ भएको र सो को केन्द्र साखरे राखीएको साथै स्थानीय निकाय र प्रदेश तथा केन्द्रको निर्वाचनमा समेत सोही स्थानमा निर्वाचन बुथ केन्द्र रहेकाले पनी सोही स्थानमा वडा कार्यालय रहनु पर्ने माग संघर्ष समीती र स्थानीयको रहेको संघर्ष समिति सदस्य भविन राइले बताउनु भयो । वडा नं. २ को साखरेमा वडा कार्यालय निर्माणका लागी भन्दै स्थानीय सुमित्रा राईको नाममा रहेको ४.३ रोपनी र बिष्णु माया लिम्बको नाममा रहेको ४.५ रोपनी गरी ८.८ रोपनी जग्गा गाउँपालिको नाममा पास समेत भइसको बताइएको छ । यस्तै मिक्लाजुङ गाउँपालिकाकै नाममा वडा नं. २ तिल्केनीमा नै अरु ३० रोपनी जग्गा पास भएको र सो स्थानमा वडा कार्यालय निर्माणका लागि स्वयल टेस्ट गरी भवन निर्माण कार्यका लगि ठेक्का प्रक्रियामा रहेको वडाअध्यक्ष गौरी प्रसाद राइले बताउनु भयो । साथै साखरेमा पनी वडा कार्यालयकै मातहतमा अन्य कार्यालयहरुको स्थापना गर्ने योजना रहेको राईले बताए । वडा कार्यालय निर्माणका लागि जग्गा आवस्क भएको र साखरेको जग्गा वडा कार्यालयको नाममा पास गर्न प्राविधीक समस्याले केही ढीलाई भएकोले तिल्केनीको जग्गामा प्रक्रिया अगाडी बढाईएको राइले बताए । उर्ता निर्वाचित वडा सदस्य मोहन राईले भने वडा कमिटिमा भवन निर्माण सम्बनधी कुनै छलफल नै नगरी वडाध्यक्ष गौरी प्रसाद राई एकलौंटी रुपमा भवन निमार्ण प्रक्रिया अगाडी बढाएको बताउँदै यसमा आफ्नो पुर्ण असहमती रहेको बताए । वडाध्यक्ष राई पहिले साखरेमा नै वडा कार्यालय बनाउने भनेको भएता पनी पछी रातारात साखरेका स्थानीयलाई थाहै नदीई आफु खुसी तिल्केनीकोमा जग्गा पास गराएको र आफ्नो घरपायक पर्ने र ठाउँमा वडा कार्यालय बनाउन लागी परेको आरोेप स्थानियको छ । यस बिषयमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले भने वडाध्यक्षले सहमती भएको र कुनै समस्या नरहेको बतएपछी प्रक्रिया अगाडी बढाईएको बताउनु भयो । तर हाल आएर समस्या देखीएपछी उक्त समस्याको सामधनका लागी उच्चस्तरीय छानविन आयोग बनाईएको र आयोगको प्रतिवेद आएपछी निस्र्कषमा पुगीने बताउनु भयो । उक्त स्थानमा वडा कार्यालय पायक नपर्ने भएको भन्दै मिक्लाजुङ २ का ३२८ जना स्थानीय बासीले मिति २०७५ जेठ महिनामा पनी मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई हस्ताक्षर समेत बुझाइ सकेको स्थानीय छत्र बहादुर कटुवालले बताउनु भयो । त्यसको केही समय पछी सो विषयमा सत्य तथ्य बुझी उचित निराकारण निकाल्ने भन्दै राम कृष्ण राईको संयोजकत्वमा उच्च स्तरीय छानविन समीति गठन गरीएको र हाल छानवीन समितिले काम गरीरहेको संयोजक राम कृष्ण राईले बताउनु भयो । हाल मिक्लाजुङका २ र ३ को वडा कार्यालयहरु साविक टाँडी गाविसको भवनमा संयुक्त रुपमा संचलीत छ ।