पथरी । पथरशनिश्चरे नगरपालिका–१० स्थीत पशुपति सामुदायीक वनमा जिल्ला वन कार्यालय मोरङले ठुलो परिमाणमा अवैध सालको काठ कटान गरेको प्रमाण सहित भेटे पनि वन समितिलाई कुनै कारबाही नगरेको उपभोक्तहरुले असन्टुस्टी जनाएको छ । उपभोक्ताहरुले जिल्ला वन कार्यालय मोरङको कटान आदेश भन्दा १८ सय ३१ किबि सालको काठ बढी फेला पारे पछि बैशाख २५ गते जिल्ला वन कार्यालय मोरङमा उजुरी दिए पनि अहिले सम्म कुनै कारबाही नभएको उपभोक्ताहरुले बताएका छन् । उपभोक्तहरुले सोहि मितिमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि २५५७ नम्बरमा दर्ता गाएको थियो । उनिहरुले १ नम्बर प्रदेश वन मन्त्रलाय विराटनगर,क्षेत्रिय वन कार्यालय विराटनगर,केन्द्रिय वन मन्त्रालय काठ्माडौँ, सम्मानीय प्रधान मन्त्रिको नीजी सचिवलाय काठ्माडौँमा पनि वोधार्थ दिएका थिए । दुई महिना पुग्न लाग्यो तर कुनै कारबाही नभएको छैन वनको उपभोक्ता बालकुमार तामाङ बताउँछन् । अहिले इलाका वनकार्यालय पथरीका अधिकृत उमेशप्रसाद यादव सहित अन्य कर्मचारी सवै सरुवा गरिदिएको छ । तर कर्मचारीहरु सरुवा गरेर हैन, वन समितिलाई कारबाहि हुनु पर्र्यो उनिहरुले बर्षेनि यस्ता काठ अवैध निकाल्दै उपभोक्ताहरुलाई थाहानै नदिई बेचेर भ्रष्ट्रचार गरेको अर्का उपभोक्ता खेम भट्टराई बताउँछन् । उनले भने–‘समितिको हाली मुहाली छ, यो समिति पाँच बर्ष पुग्नलाग्यो, यो भन्दा अघि साधारण सभा गुपचुपमा बसेर फेरी समिति बनिए, यो कार्यकालमा धेरै भ्रष्ट्रचार भएको छ ।’ २०७३ सालमा पनि यसरी नै यहि समितिले कटान गरेका थिए । उपभोक्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी लगाएका थिए । उजुरी लगाए पनि अख्तियारले केहि गर्न नसकेको बताउँदै अहिले वन समितिलेका अध्यक्ष इश्र चौहानले अख्तियारमा उजुरी लगाएर के गछौँ हामीले पहिले पनि ४० हजार दिएर मुख टालेका थियौँ भन्दै धम्की दिएको वडा नम्बर १०का वडाध्यक्ष सागर राईले बताए । उता जिल्ला वन कार्यालय मोरङको २०७४ फागुन २५ गतेको कटान आदेश छ । कटान आदेशको पत्रमा १८ वटा सखुवाको रुख,२बोधधमेरो,२ साज र १ कर्मा गरी जम्मा २६ सय ७१ किबि काठ हावाहुरीले ढलेको काठ काट्ने आदेश ल्याएको थियो । काठ कटान आदेश भन्दा ५१ सय किबि काठ बढी काटे पछि वन कार्यालयमा समस्या आएको थियो । कटान आदेश भन्दा बढी काटेको उपभोक्ताहरु माझ हल्ला भएपछि वन समितिले सेक्टर वन कार्यालय उर्लाबारी मंगलबारेबाट २०७४ चैत ८ गतेको १९ वटा सालको रुख र १ थान कर्माको गरी जम्मा १८ सय ३१ किबि काठ कटान गर्ने भनी कागज बनाएर ल्याएको थिए । सेक्टर वन अधिकृत ताराणी प्रसाद चौधरीको हस्ताक्षर भएको पत्रमा देखाउँदै वन समितिले हामी बैधानीक रहेको जवाफ उपभोक्ताहरुलाई देखाउँदै आएको छ । उता बिराटनगर स्थीत जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत सरोजा कोइरालाको टोलीले २०७५ बैशाख २१ गते अनुगमण गरेका थिए । पशुपति वन कार्यालयमा आएर नापजाप गरेका थिए । कोइरालाले आदेश पाएको भन्दा वढी काठलाई सेक्टर वनको पत्र अनुसार सालको १ सय ८६ र करमको ६ वटा गरी १ सय ९२ टुनाको थान गरी जम्मा १८ सय ३१ किबि काठ बढि काटिएको फेला परेको भन्दै नापजाप गरेका थिए । १८सय ३१ मत्र नाप जाप गरी अन्य काठहरु वन समितिले १ हजार काठ बढी काट्न पाउँछ भन्दै छोडेका थिए । त्यसैगरी नापजाप गरेको एकहप्ता पछि मुजुल्ला बनाउँदै सो बराबरको काठ छिमेकी वन भुल्के पशुपति सामुदायीक वनलाई रेखदेख गर्न जिम्मा लगाएका थिए । उनि बेला अनुगमनमा सहायक अधिकृत कोइरालाले वढी कटान भएको काठ अवैध भन्दै कारबाही हुनु पर्छ भन्दै आएका थिए भने अहिले आएर सबै वैध भएको बताएका छन् । उता जिल्ला वन कार्यालय मोरङका वन अधिकृत डा. विनोद देवकोटाले भने सेक्टर वनले पनि कटान आदेश दिन प्राबधान रहेको छ, त्यो कटान भन्दा बढी काठ अर्को आर्थिक बर्षमा मात्र प्रयोग गर्न पाउने आदेश गरेको बताए । त्यहाँ सबै उपभोक्ताहरुले गर्नु पर्ने हुन्छ, साधारण सभाले पास गरेर अर्को आर्थिक बर्षमा मात्र प्रयोग गर्नु पाइने देवकोटाले बताए । पशुपति सामुदायिक वन उपभोक्ता समिति वनका अध्यक्ष इश्वर चौहान, वन समितिका पदाधिकारीहरु र उर्लाबारी सेक्टर वनका वन अधिकृत ताराणी प्रसाद चौधरीको संम्लग्नतामा कटान आदेश भन्दा ५० प्रतिशत बढी काठ् कटान गरेको थियो । एक महिना अघि पशुपति सामुदायीक वनले जिल्ला वन कार्यालय मोरङको च.न.४११६ को मिति २०७४ चैत २५ गतेको पत्र अनुसार २६सय ७१.३४ किवि कटान आदेश ल्याएको थियो । रुख काट्ने क्रममा वन समिति र वन कर्मचारी नै लागेर त्यसको ठिक दोब्बर ५२ सय भन्दा बढी काटेका थिए । नापजाप गर्नु अघि वन समितिले अवैध कटान गरेको काठ लुकाएर थोरै देखाएको वडाध्यक्ष राईले बताए । उपभोक्ताहरू खेम भट्टराई, बालकुमार तामाङ, विरबहादुर बस्नेत, रामनाराण चौधरी र ज्ञानेन्द्र राई लगायतको दुई दर्जन उपभोक्ता टोलीले अख्तियार अनुसन्धान दुरुपयोग इटहरी, जिल्ला वन कार्यालय मोरङ, १ नम्बर प्रदेश वन मन्त्रालय निकायमा अवैध कटानको बारेमा छानविन गरी कारबाही गर्न माग गरेका थिए । कटान आदेशको काठ काट्न जिम्मा पाएका मजदुरहरूबाट सुचना बाहिर आए पछि उपभोक्ताहरूले त्यसको छानविन गरेका थिए । यता उपभोक्ता समितिको अध्यक्ष ईश्वर चौहानले भने विधान, कार्ययोजना र वनको आदेशमै काठ कटान गरी घाटगद्दी भएको र कटान आदेश भन्दा बढी नकाटेको बताए । उर्लाबारी मंगलबारेका सेक्टर वन अधिकृत ताराणी प्रसाद चौधरीलाई यस बिषयमा बुझ्दा सबै कुरा जिल्ला वनले गर्ने हो, मलाई नसोध्नु भन्दै जवाफ दिएका थिए । पथरीशनिश्चरे वडा नम्बर १०,४ र ९का ९सय घर उपभोक्तहरुले वन संरक्षण गर्दै आएका छन् ।